• ५ जेठ २०८१, शनिबार

रौतहटको २४ मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने

blog

सञ्जय कुमार मिश्र

गौर, जेठ ३ गते । स्थानिय तह निर्वाचन अन्तर्गत वैशाख ३० गते स्थगित भएको रौतहट जिल्लाको २४ वटा मतदान केन्द्रमा जेठ ४ गते बुधवार पुनः निर्वाचन हुनेभएको छ ।  रौतहटको ६ वटा पालिकाकोे १० वटा मतदान स्थलको २४ वटा मतदान केन्द्रमा मतदान गराउन निर्वाचन आयोगले आदेश दिइएअनुसार जेठ ४ गते बुधवार निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताउनुभयो ।

फतुआविजयपुर नपाको स्वास्थ्यचौकी मतदान स्थलको २ वटा मतदान केन्द्र, देवाहीगोनाही नपाको जनप्रिय प्रावि मतदान स्थलको २ मतदान केन्द्र, यमुनामाई गाउँपालिकाको श्री मावि भेडियाहीको मतदान स्थलको २ वटा, श्रीमावि चिकना जेठरहिया मतदान स्थलको ३ मतदान केन्द्रमा मतदान हुँदैछ ।

यसैगरी, गढीमाई नपाको आदर्श प्रावि मतदान स्थलको २ मतदान केन्द्र, प्रावि लक्ष्मीपुर मतदान स्थलको २ मतदान केन्द्र, बौद्धीमाई नपाको कंकाली मतदान स्थलको २ मतदान केन्द्र, अजगैवी मतदान स्थलको ३ मतदान केन्द्र, इनरवा प्रावि मतदान स्थलको ३ मतदान केन्द्र र गरुडा नपाको शिवशंकर प्रावि मतदान स्थलको १ वटा मतदान केन्द्र गरी २४ वटा मतदान केन्द्रमा निर्वाचन हुँदैछ ।