• ५ जेठ २०८१, शनिबार

घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

blog

अमरराज नहर्की 

तनहुँ, जेठ ३ गते । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुवै नेकपा (एमाले) ले जितेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो । 

एमालेका होमबहादुर थापाले ७९७ मतान्तरणले नेपाली काँग्रेसका गङ्गा कुमाललाई पराजित गर्नुभयो । थापाले चार हजार ३३१ मत प्राप्त गर्नुभयो भने कुमालले तीन हजार ५५४ मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी चार हजार चारसय ८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । काङग्रेस र एकीकृत समाजवादीको गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाले दुई हजार सातसय ४७ मत प्राप्त गर्नुभएको थियो । 

घिरिङ गाउँपालिकाको ५ वटा वडामध्ये तीन वटामा एमाले र दुई वटामा काँग्रेसले विजय हासिल गरेको छ । काँग्रेसबाट १ को वडाध्यक्षमा रविचन्द्र घोरासिनी र ५ को अध्यक्षमा विष्णुवीर आले विजय हासिल गर्नुभएको छ । 

एमालेबाट २ को वडाध्यक्षमा नरबहादुर थापा, ३ को वडाध्यक्षमा तहलसिं थापा र ४ को वडाध्यक्षमा भिमबहादुर कुमालले विजय हासिल गर्नुभएको छ । यसअघि २०७४ को स्थानीय तहमा पनि एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो ।