• १५ वैशाख २०८१, शनिबार

बेंसीशहर नगरपालिकामा एमालेका अर्याल र गुरुङ निर्वाचित

blog

बेलिना थापा

लमजुङ, जेठ ३ गते । लमजुङको बेंसीशहर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का गुमानसिङ अर्याल निर्वाचित हुनुभएको छ । उपप्रमुखमा एमालेकै पदमा गुरुङ निर्वाचित हुनुभएको छ ।

प्रमुख पदमा उम्मेदवार अर्यालले  ९ हजार ४ सय ७९ मत ल्याएर पुनः ५ बर्षका लागि प्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघि पनि प्रमुख हुनुहुन्थ्यो । उहाँको प्रतिद्वन्दी नेपाली काँग्रेसका श्रीकान्त घिमिरेले  ७ हजार ४ सय ७१ मत ल्याउनुभएको छ । प्रतिद्वन्द्वी राप्रपाका अजितबहादुर अधिकारीले १ सय ४६ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका कुलुकुमारी गुरुङले ५३ र जसपाका बलहादुर रानाले ४३ मत ल्याउनुभएको छ ।

यस्तै उपप्रमुखमा एमालेकी पदमा गुरुङले  ८ हजार ७ सय १४ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार  ६ सय ९९ मत ल्याउनुभएको छ । स्वतन्त्र उम्मेदवार जीवनकुमार श्रेष्ठले १ हजार ६ सय १५ मत, राप्रपाका मेनुका कार्कीले १ सय ४८ मत र मङ्गोल नेशनल अर्गनाइजेसनका पदममाया गुरुङ्ले ४८ मत ल्याउनुभएको छ । यसअघि अर्यालले नेपाली काँग्रेसका भेषबहादुर पौडेललाई हराएर प्रमुख जित्नुभएको थियो ।