शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ, कात्तिक २९ गते। नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या हुने अभिव्यक्ति प्रसारण गर्ने कुमारी जानकी बोगटीलाई पक्राउ गरेको छ।
साइबर ब्युरोका उपनिर्देशक प्रवक्ता दीपकराज अवस्थीका अनुसार सामाजिक जीवनमा गम्भीर असर पुर्याउने कार्य गरेको भनी आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि पीडित महिलाबाट निवेदन प्राप्त भएको थियो।
कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर १३ की बोगटीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्ला अदालत काठमाडौँको आदेशले पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ।