• १६ चैत २०८०, शुक्रबार

बुद्ध जयन्तीमा स्वयम्भू (फोटो फिचर)

blog

काठमाडौं, जेठ २ गते। विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६६ औँ जन्म जयन्ती नेपालसहित विश्वभर मनाइएको छ। ‘एसियाको तारा’को उपनामले चिनिनुहुने बुद्धले २९ वर्षसम्म पिताद्वारा प्रदत्त राजसी सुखमा बिताउनुभएको थियो। संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला भनी उहाँ राजकुमार रहे पनि सँधै चिन्तित रहनुहुन्थ्यो।

सिद्धार्थ बुद्धको कथा अनुसार उहाँको पूर्वजन्ममा बोधिसत्व भएकाले दुःखको कारण र दुःखको निवारण भारतका विभिन्न ठाउँमा सात वर्षसम्म तपस्या गर्दै हिँड्नुभयो।  तपस्याबाट प्राप्त ज्ञानलाई उहाँले प्रचार गर्नुभयो। त्यही उहाँको सन्देशलाई आज विश्वभरका बौद्धधर्मलम्बीले अनुसरण गर्दै आएका छन्। बुद्ध जयन्तीको अवसरमा काठमाडौंको स्वयम्भूमा देखिएको चहलपहल तस्बिरमा :  



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।