• ७ वैशाख २०८१, शुक्रबार

भिमदत्त नगरपालिकामा शुरु भएन मतगणना

blog

लक्ष्मण पन्त

महेन्द्रनगर, जेठ २ गते । कञ्चनपुरको भिमदत्त नगरपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन । वडा नं. १ को मतगणना सम्पन्न गरेर वडा नं. २ को आधा मतगणना हुँदा एक सयको बण्डलमा १ सय २० मत भेटिएपछि विवाद हुँदा आईतबार दिउँसो स्थगित गरिएको मतगणना अझै शुरु हुन नसकेको हो ।  

पटक–पटक बसेको सर्वदलीय बैठक निष्कर्षमा पुग्न नसक्दा मतगणना शुरु गर्न नसकिएको प्रमुख निर्वाचन अधिकृत मदनबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहमती जुटेको छैन, फेरि बोलाएको छु, एकै छिनमा बैठक बसेर निष्कर्षमा पुग्छौ ।’