• १० मंसिर २०८१, सोमबार

आत्मिकी अन्धकार सार्वजनिक

blog

काठमाडौँ, कात्तिक २० गते । साहित्यकार होमनाथ खत्री (होम दिम्माली) द्वारा रचित ’आत्मिकी अन्धकार’ नामक कवितासङ्ग्रह लोकार्पण गरिएको छ । भ्रष्ट, अराजकता र असहिष्णु कुप्रवृत्तिविरुद्ध लक्षित पुस्तकलाई जुबु खप्तडी बस्नेत सेवा समाजले लोकार्पण गरेको हो ।

स्रष्टा खत्रीले पछिल्लो समय समाजभित्र बढेको खराब प्रवृत्तिलाई प्रहार गर्नुपर्ने बताउनुभयो । “असल शिक्षा र आत्मिकी ज्ञानको अभावले समस्या भएको हो । त्यसैले व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको अवस्था बदल्न सबैको मन सफा हुनु पर्छ,” स्रष्टा खत्रीको भनाइ थियो ।

लुम्बिनी प्रिन्टिङ सर्भिसले प्रकाशन गरेको कवितासङ्ग्रहलाई ज्येष्ठ नागरिकद्वय कमलबहादुर बस्नेत तथा नन्दकुमारी बस्नेतले लोकार्पण गर्नुभएको हो । काठमाडौँको जरङ्खु हाइटमा समाजका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी सम्पादक जुनारबाबु बस्नेतलगायतका व्यक्तिको सहभागिता रहेको थियो ।