• ११ पुस २०८१, बिहिबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौँ, कात्तिक १९ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ४३ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपियाँ ५३ र बिक्रीदर एक सय ७४ रुपियाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ९७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ५ पैसा र बिक्रीदर ८८ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ २० पैसा र बिक्रीदर ९६ रुपियाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपियाँ २३ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ६९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपियाँ ७७ पैसा र बिक्रीदर आठ रुपियाँ ८१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८५ पैसा र बिक्रीदर १८ रुपियाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ७४ पैसा र बिक्रीदर ३५ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६ रुपियाँ ९८९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपियाँ ९५ पैसा र बिक्रीदर ३ रुपियाँ ९७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ५५ पैसा र बिक्रीदर ३६ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६६ पैसा र बिक्रीदर ३० रुपियाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपियाँ ७२ पैसा र बिक्रीदर ९ रुपियाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ४९ पैसा र बिक्रीदर १२ रुपियाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५० पैसा र बिक्रीदर १९ रुपियाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ २६ पैसा र बिक्रीदर १७ रुपियाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपियाँ ६७ पैसा र बिक्रीदर चार सय ३९ रुपियाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपियाँ २ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ ६२ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस