• ११ पुस २०८१, बिहिबार

वनमन्त्री शाही स्वदेश फिर्ता

blog

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी कोलम्बियाबाट स्वदेश फर्किनुहुँदै ।

काठमाडौँ, कात्तिक १८ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी कोलम्बियामा भएको जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा वन सचिव डा. दीपककुमार खराललगायत उच्च अधिकारीले स्वागत गर्नुभयो । 

कोलम्बियाको काली सहरमा यही अक्टोबर २६ देखि ३१ तारिखसम्म भएको सम्मेलनमा मन्त्री शाहीले दुई विषयका उच्चस्तरीय बैठकलाई अक्टोबर २९ र ३० तारिखमा सम्बोधन गर्नुभएको थियो । उहाँले  ‘प्रकृति र शान्ति’ तथा  ‘जैविक विविधता र वित्त’ विषयका दुई सत्रका छलफललाई सम्बोधन गरी नेपालले जैविक विविधताका क्षेत्रमा हासिल गरेको उपलब्धि बारेमा जानकारी गराउनुभएको थियो । 

वन वातावरण मन्त्रिस्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । रासस