• १९ पुस २०८१, शुक्रबार

गाजाको विनाशकारी अवस्थाबारे संयुक्त राष्ट्रसङ्घको चेतावनी

blog

न्युयोर्क, कात्तिक १८ गते । उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले “विनाशकारी’’ अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन् ।

मानवीय मामिलाका लागि कार्यवाहक उप–महासचिव र आपतकालीन राहत संयोजक जोयस सुया, युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले उत्तरी गाजामा प्यालेस्टिनीहरुले रोग, भोकमरी र हिंसाका कारण “मृत्युको जोखिम’’ सामना गरिरहेको बताएका छन् ।

अधिकारीहरूले पहुँचमा प्रतिबन्धका कारण आधारभुत आवश्यकताहरूसमेत पूरा गर्न मानवीय सहायता अपर्याप्त रहेको कुरामा जोड दिएका छन्  । उनीहरूले मानविय जिवन रक्षाका लागि अत्यावश्यक आपूर्तिको अभाव रहेको जनाउदै व्याप्त असुरक्षाका कारण  प्रभावितहरु सम्म सहयता पुग्न नसकेको बताएका छन् । उनीहरूले सम्बन्धित पक्षलाइ गाजामा आक्रमण रोकी महत्त्वपूर्ण सहायता पुर्‍याउने सहायता कामदारहरूलाई सुरक्षित पहुँचको अनुमति दिन आह्वान गरेका छन् । 

यस हप्ताको सुरुमा, प्यालेस्टिनी नागरिक सुरक्षाले उत्तरी गाजाको जबालिया, बेत लाहिया र बेत हानुनमा करीब दश लाख मानिसहरू खाना तथा चिकित्सा आपूर्तिको अभावमा रहेको रिपोर्ट गरेको थियो । रासस/क्यूएनए