• १० मंसिर २०८१, सोमबार

सुर्खेतमा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

blog

सुर्खेत, कात्तिक १५ गते । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न अनुरोध गरेको छ । बुधबार सूचना जारी गर्दै राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने बताएको हो ।

तिहारको अवसरमा देउसीभैलो, नाचगान, सांस्कृतिक कार्यक्रम जस्ता मनोरञ्जनात्मक कार्यहरू राती १० बजेसम्म मात्रै गराउन पाइने जनाएको छ ।

प्रशासकीय अधिकृत गीता बरै मगरद्वारा जारी सूचनामा विस्फोटकजन्य पटकाहरू, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थहरू नपड्काउन र ओसारपसार तथा विक्री वितरण नगर्न र नगराउन अनुरोध गरिएको छ ।

यस्तै, प्रशासनले जुवातास लगायतका जुवाजन्य खेल नखेल्न नखेलाउन पनि सुर्खेतवासीमा अनुरोध गरेको छ । यदी प्रशासनको सूचना विपरीत कार्य गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।