• १० मंसिर २०८१, सोमबार

आयुर्वेद स्वास्थ्य प्रणालीको महत्व

blog

हितायु, अहितायु, सुखायु एवं दुखायु यी चार प्रकारका आयुलाई हित र अहित गर्ने पश्य र अपश्यका साथै आयुको प्रमाण एवं स्वरूपलाई वर्णन गर्ने शस्त्र नै आयुर्वेद हो । दोष, धातु, मल र अग्निको क्रिया समावस्थामा रहनु तथा आत्मा, इन्द्रीय र मन प्रसन्न रहनु नै स्वस्थको परिभाषा हो ।

जुन मानिस शारीरिक मानसिक र सामाजिक दृष्टिकोणबाट स्वस्थ हुन्छ, त्यही मानिस वा व्यक्तिलाई स्वस्थ्य मानिन्छ । शरीरमा रोग नलाग्दैमा मानिसलाई स्वास्थ्य मान्न सकिँदैन । (विश्व स्वास्थ्य सङ्गठन) धनवन्तरी आयुर्वेदका भगवान् हुन् । समुद्र मन्थनको समयमा धनवन्तरी अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ प्रकट भएका हुन् । कात्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने गरिएको छ । विसं १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएदेखि नेपालमा धनवन्तरी जयन्ती’ मनाउन थालिएको हो । विसं २०५० देखि धनवन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको छ । नेपाल भारत, श्रीलङ्कालगायतका दक्षिण एसियाली मुलुकहरूमा आयुर्वेदको प्रयोग निकै नै बढी छ । हाल विश्वभरि नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको रूपमा प्रख्यात हुँदै आइरहेको छ ।

नेपालमा पञ्चवर्षे योजना लागु भएको २०१३ सालदेखि नै प्रत्येक पञ्चवर्षीय योजनाको सोह्रै योजनासम्म र नेपाल सरकारमा प्रत्येक अर्थात् २०४८ सालदेखि राष्ट्रिय स्वारूप नीति र आयुर्वेद संवधि नीतिहरू सबैमा नेपालमा प्रयोगमा लागु गरिएका स्वास्थ्य पद्धतिहरू एलोपेथिक आयुर्वेद, होमोप्याथिक, युनानी र योग तथा प्राकृतिक चिकित्सा पद्धतिलाई पनि मान्यता र महìव दिइएको छ । गत वर्षका योजना र राष्ट्रिय नीतिहरू र हरेक वर्ष सञ्चालन गरिने योजना, नीतिहरू र हरेक वर्ष सञ्चालन गरिने योजना नीति र मापदण्डलाई हेर्ने हो भने संरक्षण चरणहरू पूरा भएको जस्तो देखिन्छ तर देशमा भएका विभिन्न सहज असहज परिस्थतिका कारणलगायतले गर्दा तोकिएका लक्ष्यहरू पूरा हुन नसकेको कारणबाट अझै पनि सम्पूर्ण स्वस्थ्य पद्धतिहरूमा प्रशस्त समस्याहरू छन् । सबै पद्धतिहरूको मुख्य उद्देश्य नै देशमा स्वस्थ्य जनशक्तिको उत्पादन औजार उपकरणको आवश्यक व्यवहारमा आवश्यक पर्ने भौतिक पूर्वाधारको व्यवहार गरी सङ्घर्ष नेपालीहरूलाई स्वस्थ्य राख्ने नै उद्देश्य हो । कुनै पनि रोग लागेर मानिसले स्वास्थ्य सेवा नपाएर मृत्यु हुन नपरोस् भन्ने नै स्वास्थ्य सेवाको उद्देश्य हो । यो उद्देश्य पूरा गर्नेका लागि नै नेपालमा पाँच प्रकारका पद्धतिको लागु गरिएको छ । वैज्ञानिकको प्रमाणितको आधारमा आधुनिक चिकित्सा पद्धति लागु गरिएको छ । भने पौराणिककालदेखि परम्परालगायतको आधारमा अन्य पद्धतिहरू लागु गरिएको छ ।

यी पद्धतिमध्ये नेपालमा आयुर्वेद पद्धतिलाई पनि अग्रस्थान राखी यसको उपचारबाट मानिसहरूको स्वास्थ्य ठुलो पँहुच पु¥याउने उद्देश्यले सङ्घ प्रदेश र स्थानीय तहसम्म आवश्यक व्यवस्था गरी आयुर्वेद स्वास्थ्य सेवालाई पनि गाउँसम्म पु¥याइएको छ ।

वैदिक कालदेखि नै स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोग निवारण गर्ने सनातन पद्धतिको रूपमा प्रचालित भए तापनि नेपालमा आयुर्वेद औषधी निर्माणको संस्थागत विकास ३५० वर्ष पूर्वराजा प्रताप मल्लका पालादेखि भएको र चिकित्सालय सेवाको संस्थागत विकास विसं १९७४ देखि भएको पाइन्छ । तकालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर आयुर्वेद पठन पाठन सुरु गरी त्यसपछि विसं २०७३ देखि त्रिचन आयुर्वेद औषधालयको स्थान यी विधिहरूलाई रोग प्रकृति र शरीरको आवश्यकता अनुसार प्रयोग गरिन्छ । आयुर्वेदको स्थापना र सञ्चालनको लामो इतिहास छँदा पनि विसं १९७३ आयुर्वेद स्वास्थ्य र विसं १९७४ मा वीर अस्पतालको स्थापना सँगसँगै जस्तो भएको हो ।

नेपालमा सञ्चालित पाँच वटा स्वास्थ्य प्रणाली सबैभन्दा पुरानो र विश्वसनीय आयुर्वेद प्रणाली मानिएको छ । नेपाल अधिराज्य अर्थात् ६७४३ वडा ७५३ स्थानीय तह ७ वटा प्रदेश र १ सङ्घमा यो सेवा हालसम्म एकल रूपमा सञ्चालन भई रहेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा आयुर्वेद पद्धतिको उल्लेखनीय सहयोग र योगदान छ । यति हुँदाहुँदै पनि यस प्रणालीको प्रभावकारिता र विश्वसनीयताको बारेमा राष्ट्रिय स्तरको अनुसन्धान गर्नुपर्ने आवश्यक परेको छ ।

आयुर्वेद स्वास्थ्य सेवा अलिकति एलोपेथी आधुनिक स्वास्थ्य प्रणालीभन्दा कमजोर होकि भन्ने सबै आममानिसमा परेको जस्तो देखिन्छ । यस क्षेत्रमा जन शक्ति उत्पादन औषधी उत्पादन र आपूर्ति भौतिक पूर्वाधार विकासलगायतका विषयमा राज्यको ठुलो धनराशिको लगानी भएको छ । देशको ठुलो आर्थिक लगानी भएको हुँदा त्यसको उपलब्धि कति भयो भन्ने विषय पनि विचार गर्नपर्ने हुन्छ । नेपाल आयुर्वेद सेवाभित्र पञ्चकर्मसहित धेरै प्रकारका विधि छन् आयुर्वेद सेवा तत्कालीन प्रधान मन्त्री श्री ३ चन्द्रशमशेरले विसं १९७३ मा आयुर्वेद स्वास्थ्य र विसं १९७८ मा आधुनिक सेवा वीर अस्पतालको स्थापनामै सुरु भएको हो ।

आयुर्वेद स्वास्थ्य सेवाको आवश्यकता र विस्तारका लागि राष्ट्रिय नीति २०७६ राष्ट्रिय स्वास्थ्य नीति २०४८ स्वास्थ्य नीति २०७१, २०७६ र २०१३ सालदेखि हालसम्ममा त्रिवर्षीय योजना नीति र कार्यक्रममा पनि एलोप्याथिक स्वास्थ्य सेवाको अलवा आयुर्वेद होमोप्याथिक युनानी र प्राकृतिक तथा योग चिकित्सालाई पनि विस्तार गरी आमजनताको पहुँच पु¥याउने लक्ष्य राखिएको छ । आयुर्वेद पद्धति स्वास्थ्य सेवा पद्धति अन्तर्गत पञ्चकर्मलगायत करिब ५० जति विधिहरू प््रायोग गरिन्छ ।

प्राचीन चिकित्सा पद्धति हाल पाँच वटा आधारभूत तत्वहरू पृथ्वी, जल, अग्नि, वायु र आकाशले यो ब्रह्माण्ड बनेको छ । ब्रह्माण्डमा भएका मानिस, खाना, औषधी यिनै पाँच आधारभूत तत्व ( पञ्चमहाभूत) ले बनेका हुन्छन् । आयुर्वेदको शरीरक प्रक्रिया विज्ञान अनुसार हाम्रा शरीर तीन दोष ( वात, पित् र कफ) सात धातु (रस, रक्त, माँस, मेद अस्थि, मज्जा र शुक्र) र तीन मल (मूत्र, पुरीष र स्वेद ) ले बनेको हुन्छ । यी घट्दा वा बढ्दा रोग लाग्ने र यथावत् हुँदा स्वस्थ रहिन्छ भन्ने आयुर्वेदको मान्यता छ । चिकित्सा गर्दा शरीरको जुन चिज जेले बनेको त्यस्तै सेवन गर्दा त्यो चिज बढ्छ र विपरीत सेवन गर्दा घट्छ भन्ने सिद्धान्त छ । प्राकृतिक आहार विहार आचार र औषधी विधि अपनाउने हुनाले आयुर्वेद चिकित्सा हानिरहित छ ।

आयुर्वेद जीवनशैली अन्तर्गतका ऋतुचर्या, दिनचर्या, रात्रिचर्या, आचार रसायन, सद्वृत्त, ऋतुशोधन, योग तथा ध्यान कार्यक्रम सम्बन्धमा जनचेतना फैलाइ नसर्ने रोगको रोकथाममा टेवा पु¥याउनु पर्छ । वातावरण संरक्षण तथा वातानुकूलनमा सहयोग पु¥याउने वर, पिपल, समी जस्ता वृक्षको सङ्ख्या बढाउन चौतारी संस्कृति र परम्परालाई बढावा दिने तथा आयुर्वेदप्रदत्त अन्य स्वास्थ्य विधिहरूको संरक्षण र प्रवर्धन गर्न कार्यक्रमहरू सञ्चालन गर्नु पर्छ । आयुर्वेद चिकित्सा सेवाको प्रभावकारिता बढाउन आयुर्वेद स्वास्थ्य संस्थामा कार्यरत विभिन्न तहका स्वास्थ्यकर्मीलाई क्षमता विकाससम्बन्धी तालिम, गोष्ठी तथा सेमिनार एवं संस्थामा भौतिक पूर्वाधार सम्पन्न बनाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन पहल हुनु पर्छ ।

यसरी मानिसको स्वास्थ्यका लागि परिभाषा गरिएको र यति नै परिभाषाको आधारमा मानिसहरूलाई कसरी स्वस्थ राख्न सकिन्छ भनेर विश्वका सबै देशले आफ्नो आफ्नो देशका जनताको स्वास्थ्य राख्नका लागि विभिन्न स्वास्थ्य प्रणाली अन्तर्गत कार्यक्रमहरू सञ्चालन गरिरहेको छन् । अरू देश जस्तै हाम्रो नेपालले पनि देशको साधन र स्रोतलाई परिचालन गरी सङ्घ, प्रदेश र स्थानीय तहमा स्वास्थ्य अन्तर्गतका पाँच वटा प्रणाली नै सञ्चालन भएका छन् । नेपालको हावापानी र नेपालमा पाइने जडीबुटीलाई सात्रो प्रयोग ल्याउने प्रयास आयुर्वेद स्वास्थ्यको महìव र विस्तारलाई ध्यान दिइएको छ ।

अझै पनि आयुर्वेद स्वास्थ्य प्रणालीलाई देशभरि नै यसको आवश्यकता र महìवको लागि नीति निर्माता, योजनाकार, विज्ञहरूलगायतले स्वास्थ्य क्षेत्रमा अग्रणी रूपमा नै समावेश गरी व्यापक रूपमा जनचेतना जगाउने, क्याम्पेनहरू पनि सञ्चालन गर्नुपर्ने आवश्यकता रहिआएको छ ।