• १९ पुस २०८१, शुक्रबार

साफ महिला च्याम्पियनसिप : फाइनल खेलको टिकट एन्फा आफैँले बेच्ने

blog

फाइल तस्बिर ।

काठमाडौँ, कात्तिक १३ गते । दशरथ रङ्गशालामा बुधबार साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेलको दर्शक टिकट एन्फा आफैँले बेच्ने भको छ ।

एन्फाले मङ्गलबार पत्रकार सम्मेलनगरी यसअघि दर्शक टिकट बेच्नका लागि सम्झौता गरेको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले गैरजिम्मेवार काम गरेकोले एन्फा आफैले टिकट बेच्न लागेको जनाएको छ ।

आइतबार नेपाल र भारतबिचको सेमिफाइनल खेलमा माउन्ट एभरेष्टले खल्ती एफमार्फत दशरथ रङ्गशालाको क्षमताभन्दा वढी दर्शकलाई टिकट कटाएर रङ्गशालाको सुरक्षामानै चुनौती थपेको एन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो ।

शाहकाअनुसार माउन्ट एभरेष्टले रङ्गशालाको दर्शक क्षमता करिव १५ हजार भएपनि भारतविरुद्धको खेलमा १९ हजार टिकट काटिएको थियो । तनावपूर्ण खेलमा दर्शकको चापले रङ्गशालाको सुरक्षा अवस्था कमजोर बनेको र सम्झौता गरेको कम्पनीले ठूलो बदमासी गरेको एन्फाका उपाध्यक्ष दीपक खतिवडाले ताउनुभयो ।

यसअघि एन्फाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई साफ महिला च्याम्पियनसिपको टिकेटिङ अधिकार ८० लाख रुपियाँमा बेचेको थियो । एन्फाले फाइनल खेलको टिकट जावलाखेल खेल मैदान, एन्फा मुख्यालय र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट लिन सकिने जनाएको छ ।

टिकट विक्री बुधबार बिहान ८:०० बजेबाट सुरु हुनेछ । फाइनल खेल साँझ ६:३० देखि सुरु हुनेछ ।