• १९ असार २०८१, बुधबार

घोडाघोडी २ को वडा अध्यक्षमा एमालेका चौधरी विजयी

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ १ गते । यसअघि नेपाली काँग्रेसले नेतृत्व गरेको कैलालीको घोडाघोडी नगरपालिका २ मा काँग्रेसको  विरासत भत्काउँदै नेकपा (एमाले) ले विजयी यात्रा शुरू गरेको छ । नगरपालिका–२ को वडाध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चौधरी विजयी हुनुभएको छ ।

चौधरीले एक हजार २७ मत ल्याई विजयी हुनुभएको हो । महिला सदस्यमा एमालेकै कमलादेवी सिंह आठसय ९४ मत ल्याएर विजयी हुनुभएको छ । दलित महिला सदस्यमा काँग्रेसका सिता सुनार ११ सय ४० मत सहित विजयी हुनुभयो । 

खुला सदस्यद्वय काँग्रेसका भिम भण्डारा ९६१ र एमालेका रामसुन्दर चौधरी ९८० मत ल्याई विजयी हुनुभयो । २०७४ सालको स्थानीय काँग्रेसबाट विजयी हुनुभएका हरीराज विष्ट पुनः अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । उहाँले ५०० मत प्राप्त गर्नुभयो ।