• १२ कात्तिक २०८१, सोमबार

विजेता बन्यो बाँसगढी क्लब

blog

उपाधिसहित विजेता टोली। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ११ गते। बर्दियाको बाँसगढी नगरपालिका–५मा सञ्चालित प्रथम बाँसगढी कप खुला फुटबल प्रतियोगितामा उपाधि बाँसगढी फुटबल क्लबले हात पारेको छ। 

प्रतियोगिताको फाइनल खेलमा माछागढ फुटबल क्लबलाई ४–३ गोलअन्तरले पराजित गर्दै बाँसगढी फुटबल क्लबले उपाधि जितेको हो। जितसँगै विजेता बाँसगढी फुटबल क्लबले ५० हजार रुपियाँ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ। त्यसैगरी उपविजेता माछागढ फुटबल क्लबले २५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ।

बाँसगढी क्लबका फागुराम थारु उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ भने सोही क्लबका अनुप मगर उत्कृष्ट गोलकिपर घोषित हुनुभयो। माछागढ फुटबल क्लबका सुनिल आलेमगर उत्कृष्ट डिफेन्डर घोषित हुनुभयो। 

बाँसगढी गाउँ बडघर संस्थाको आयोजना तथा बाँसगढीस्थित धौलागिरि सप्लायर्सको मुख्य प्रायोजनमा सो प्रतियोगिता सञ्चालन भएको थियो। 

स्थानीय युवालाई कुलतमा लाग्नबाट जोगाउन फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक बाँसगढी गाउँ बड्घर संस्थाले जनाएको छ।