• ५ कात्तिक २०८१, सोमबार

भारतबाट ल्याइएको अवैध दुई सय किलो मुङ्ग्री माछा नियन्त्रण

blog

हरि कोइराला

उर्लाबारी, कात्तिक ५ गते । भारतबाट अवैध रूपमा ल्याउँदै गरेको २ सय किलो मुङ्ग्री माछा मोरङको कानेपोखरी २ थारुचौकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

रमाइलो प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनकुमार प्रधान र कानेपोखरी गाउँपालिकाका नगर प्रहरीका इन्चार्ज युवराज भुजेलको संयुक्त टोली माछा बोकेर ल्याएका दुई वटा मोटरसाइकलसहित माछा नियन्त्रणमा लिएको हो ।नगर प्रहरी इन्चार्ज भुजेलका अनुसार मोटरसाइकलमा माछा बोकेर ल्याउने दुवै जना मोटरसाइकल छोडेर भागेका छन् । 

नेपालमा मुङ्ग्री माछा खान प्रतिबन्ध लगाइएको छ ।प्रतिबन्धित माछा अवैध रूपमा बोकेर ल्याएका बिआर ३८ ए ९९३४ नम्बरको भारतीय मोटरसाइकल र मे २ प ४९४२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई वटा मोटरसाइकलमा ५० केजीका चार वटा भाडाका ल्याइएका माछा प्रहरी र नगर प्रहरीले कानेपोखरी गाउँपालिका पछाडि पुरेको छ।