• ५ कात्तिक २०८१, सोमबार

‘सुनैको दरबार–२’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक ५ गते । गायक प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा ‘सुनैको दरबार’ गीतको भाग २ सार्वजनिक भएको छ । पहिलो भागमा अनु चौधरीको स्वरमा थारू भर्सन र सुप्रिम मल्लको स्वरमा ‘चाइल्ड भर्सन’ पनि सार्वजनिक गरिएको थियो । 

गीतको भिडियो गीतकार तथा निर्माता क्षितिज सापकोटाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । क्षितिज सापकोटाको शब्दमा दीपकराज विश्वकर्माको सङ्गीत रहेको छ । गीतमा विपिन कार्की र लुनिभा तुलाधरको अभिनय रहेको छ । नरेन भट्टराईले निर्देशन गर्नुभएको भिडियोको कथा कृष्ण खड्काले लेख्नुभएको हो ।