• २७ असार २०८२, शुक्रबार

युके पठाइ दिने भन्दै ४१ लाख ठगी गर्ने युवती पक्राउ

blog

काठमाडौँ, असार २६ गते । प्रहरीले युके पठाइ दिने भनी एकचालिस लाख पचास हजार रुपियाँ ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । 

नवलपरासी (पूर्व) सुनवल नपा १ स्थायी घर भई हाल ललितपुर मनपा २३ बस्ने २९ वर्षीया  अकृजा भन्ने बिन्दु पोखरेललाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो । 

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन पारी रोजगारीका लागि अमेरिका पठाउने भनी लामो समयसम्म झुक्यानमा राखी उनले सो रकम ठगी फरार भएको थियो ।