• २ कात्तिक २०८१, शुक्रबार

कपास फ्याक्ट्रीमा आगलागी : ४० लाखको क्षति

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड, कार्तिक २ गते । बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी  हुँदा ४० लाख बराबरको क्षति भएको छ । शुक्रवार बिर्तामोड– १ स्थित वरपीपल चोकमा नेक मोहमदले सञ्चालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याक्ट्रीमा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्णरुपले जलेर नष्ट भएको छ ।

बिर्तामोड, मेचीनगर, भद्रपुर नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा बिहान ९.४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट कपास बनाउने मेसिनसहित अन्दाजी ४० लाख बराबरको क्षति भएको जनाइएको छ ।