• २ कात्तिक २०८१, शुक्रबार

किशोरीलाई करणी गरेको आरोपमा लिम्बू पक्राउ

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २ गते । ताप्लेजुङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति परेका छन् । प्रहरीका अनुसार किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय अशोक कुरुम्बाङ लिम्बू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बू पक्राउ परेका हुन् । गएको आइतबार घरमा एक्लै बसेको माैका छोपी लिम्बूले किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ ।

करणी घटनापछि फरार रहेका लिम्बूलाई खोजतलास गर्ने क्रममा बिहीबार पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका लिम्बूमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।