• २ कात्तिक २०८१, शुक्रबार

दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

blog

लीलाधर वली 

घोराही, कात्तिक २ गते । दाङमा  टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । 

घोराही तापा सडक खण्डअन्तर्गत  बङ्गलाचुली गाउँपालिका ४ जुम्लेपानीमा गए राती रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभएको छ ।

प्रहरी नायब उपरीक्षक  थापाका अनुसार मृत्यु हुनेमा गढवा गाउँपालिका ७ निवासी प्रभु चौधरी रहनुभएको छ । चुनढुङ्गा लिन जान लगेको टिपर घोराही तापा सडक खण्डअन्तर्गत  जुम्लेपानीमा  सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको  छ ।