• २ कात्तिक २०८१, शुक्रबार

महिला साफ : टिकट बिक्रीको १६ लाख खेलाडीलाई

blog

काठमाडौँ, कात्तिक १ गते । अखिल नेपाल फु्टबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिपको टिकट बिक्रीबाट प्राप्त रकममध्ये १६ लाख रुपियाँ खेलाडीलाई दिने घोषणा गरेको छ ।

बिहीबारदेखि दशरथ रङ्गशालामा सुरु हुने महिला साफ च्याम्पियनसिपअघि एन्फाले खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको हो । एन्फाले टिकट बिक्रीका लागि माउन्ट एभरेष्ट स्पोर्ट्स एन्ड इभेन्टस प्रालिलाई टिकट बिक्रीको जिम्मेवारी दिएको छ । दर्शकले खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् । 

माउन्ट एभरेष्टले एन्फासँग ८० लाख रुपियाँमा टिकट बिक्रीको जिम्मेवारी लिएको हो । बिहीबारदेखि सुरु हुने साफको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको पाँच पटकको विजेता भारत र पाकिस्तान भिड्दैछन् ।

यस समूहमा अर्को टोली साविक विजेता बङ्गलादेश छ । यस्तै समूह ‘बी’मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलङ्कका छ ।  नेपालले शुक्रवार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

नेपाली महिला टोली

एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना रानामगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हीराकुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ, अनिता केसी र सजनी थोकर ।