• २ कात्तिक २०८१, शुक्रबार

फुटसल टोलीको प्रशिक्षकमा महर्जन

blog

विक्रम महर्जनलाई नियुक्ति पत्र प्रदान गरिँदै । तस्बिर : एन्फा

काठमाडौँ, कात्तिक १ गते । नेपाली राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन नियुक्त हुनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार महर्जनलाई फुटसल टोलीको प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाले महर्जनसँगै सुमितकुमार आलेलाई सहायक प्रशिक्षक तथा राज महर्जनलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ । आले र महर्जनलाई पनि बिहीबार नै नियुक्ति पत्र प्रदान गरिएको छ ।