• १ कात्तिक २०८१, बिहिबार

भाग्यमानी नोबेल विजेता

blog

नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित र सम्मानित अन्तर्राष्ट्रिय पुरस्कार हो । यो पुरस्कार पाउने व्यक्ति तथा संस्थाको सान र मान उच्च रहन्छ । स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ मा आफ्नो अथाह सम्पत्तिबाट अक्षयकोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभएको हो ।

छ विधामा दिइने यस वर्षको नोबेल पुरस्कार घोषणा गरिएको छ । यो पुरस्कारमा उत्तर अमेरिकी महादेशको वर्चस्व छ । यस पटक नौ जना अमेरिकी नागरिकले यो पुरस्कार पाउने भएका छन् । अर्का एक जना क्यानडेली नागरिकले पनि यो पुरस्कार पाउँदै छन् । त्यसै गरी एसिया महादेशमा एक व्यक्ति र एक संस्थालाई नोबेल पुरस्कार प्राप्त हुने भएको छ । दक्षिण अमेरिका, युरोप, अफ्रिका र अस्ट्रेलिया महादेशबाट यस पटक कसैलाई पनि यो पुरस्कार प्राप्त नहुने भएको छ ।  

नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित र सम्मानित अन्तर्राष्ट्रिय पुरस्कार हो । यो पुरस्कार पाउने व्यक्ति तथा संस्थाको सान र मान उच्च रहन्छ । स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ मा आफ्नो अथाह सम्पत्तिबाट अक्षयकोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभएको हो । त्यसपछि सन् १९०१ देखि विभिन्न विधामा उत्कृष्ट व्यक्ति तथा संस्थालाई नोबेल पुरस्कार दिन थालियो । सुरुमा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तिका लागि यो पुरस्कार दिने व्यवस्था गरिएको थियो । सन् १९६८ देखि अर्थशास्त्रमासमेत यो पुरस्कार दिन थालियो । 

यी पुरस्कारस्वरूप विजेतालाई स्वर्णपदक, प्रमाणपत्र र १० लाख डलर प्रदान गरिन्छ । नोबेलले जीवनकालमा ३५५ वटा आविष्कार गर्नुभयो, जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यसप्रकारका विज्ञानका विध्वंसक शक्तिबारे पूरै ज्ञान थियो । विज्ञानको दुरुपयोग हुन्छ कि भन्नेमा उहाँ चिन्तित हुनुहुन्थ्यो । मर्ने बेला उहाँले विज्ञानकोे दुरुपयोग नहोस् भनी यो पुरस्कार स्थापना गर्नुभयो । सन् १८९६ को डिसेम्बर १० मा उहाँको निधन भयो । सन् १८९५ मा उहाँले इच्छापत्र तयार पार्न लगाई आफ्नो सम्पत्तिबाट अक्षयकोष खडा गर्नुभयो । उहाँको इच्छा अनुसार यस अक्षयकोषको ब्याजले प्रत्येक वर्ष मानवजातिको कल्याणका निम्ति कार्य गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गरिन्छ । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडव्रmसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइएको थियो ।

नोबेल शान्ति पुरस्कार देशहरूबिच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन र द्वन्द्व निवारण गर्ने उद्देश्यले शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिन्छ । विगत १२ महिनामा मानवजातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्ति वा संस्था ती पुरस्कारबाट सम्मानित हुन्छन् ।

सन् १९०१ देखि गत वर्षसम्म ६१५ पटक कुल ९८९ व्यक्ति र संस्थालाई नोबेल पुरस्कार प्रदान गरिएको छ । केहीले एकभन्दा बढी पटक नोबेल पुरस्कार पाएका छन् । त्यस हिसाबमा कुल ९५४ व्यक्ति र २७ संस्थाले नोबेल पुरस्कार पाइसकेका छन् । यो पुरस्कार पाउने महिलाको सङ्ख्या ६३ पुगेको छ ।

फ्रान्सकी मरी क्युरी दुई पटक यो पुरस्कार पाउने एक मात्र महिला वैज्ञानिक हुनुहुन्छ । उहाँले सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रका लागि यो पुरस्कार पाउनुभयो । नोबेल पुरस्कार पाउने व्यक्ति वा संस्था कतिपयले पाएको पुरस्कार राशि मानवीय सहयोगको क्षेत्रमा खर्च गरेका छन् भने कतिपयले निजी प्रयोजनका लागि पनि खर्च गरेको पाइएको छ । नोबेल बिजेता कतिपयले भने पुरस्कार लिन अस्वीकार पनि गरेका छन् । मरी क्युरीले सन् १९०३ मा भौतिकशास्त्रतर्फ पाएको नोबेल पुरस्कार रकम थप वैज्ञानिक अनुसन्धानमा प्रयोग गर्नुभयो । सन् २००६ मा भौतिकशास्त्रतर्फको पुरस्कार पाएका जोन माथरले उक्त रकम आफ्नो फाउन्डेसनलाई दान दिनुभयो । 

सन् १९९३ मा बेलायतका वैज्ञानिक रिचर्ड रोबर्ट्सले चिकित्साशास्त्रमा पाएको रकम ‘व्रmोके लन’ का लागि खर्च गर्नुभयो भने उहाँसँगै पुरस्कार पाएका फिलिप सार्पले सय वर्ष पुरानो घर किन्नुभयो । सन् २००१ मा चिकित्साशास्त्रतर्फ पुरस्कार हात पारेका सर पोल नर्सले आफ्ना लागि एउटा महँगो मोटरसाइकल किन्नुभयो । सन् २००६ मा साहित्यतर्फका विजेता ओर्हान पामुकले इस्तानबुलमा एउटा सङ्ग्रहालय स्थापना गर्नुभयो । 

स्वतन्त्र रुसी पत्रिका नोभया गजेटाका प्रधान सम्पादक दिमित्री मुरातोभले आफ्नो नोबेल शान्ति पुरस्कारको पदकलाई लिलाम गरी त्यसबाट प्राप्त रकम युद्धबाट विस्थापित युव्रmेनी बालबालिकालाई सहयोग गर्नुभयो ।

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार स्विडेनको स्टकहोममा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ । नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ । उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृति दिवस पर्छ ।

चर्चित विजेता

सन् १९०१ मा रेडव्रmसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसी (सन् १९०१), पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा (सन् २००९) र जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र तत्कालीन महासचिव कोफी अन्नान (सन् २००१) मदर टेरेसा (सन् १९७९), मलाला युसुफलाई (सन् २०१४) लाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । मलाला यो पुरस्कार पाउँदा १७ वर्षकी हुनुहुन्थ्यो ।

यस वर्षका नोबेल विजेता चिकित्साशास्त्र

यस वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार ‘माइव्रmोआरएनए’ पत्ता लगाउने दुई अमेरिकी वैज्ञानिकलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनलाई संयुक्त रूपमा यो पुरस्कार दिने घोषणा गरेको हो । उहाँहरूलाई माइव्रmोआरएनएको आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ ।

अहिलेसम्म ११४ जनाले चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन् । गत वर्ष यो पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिक काटालिन कारिको र ड्रु भाइस्मानले पाउनुुभएको थियो । 

भौतिकशास्त्र

यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सम्बन्धी अनुसन्धानका लागि दुई वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् । अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड र ब्रिटिस क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई ‘आर्टिफिसिएल न्युरल नेटवर्कमार्फत मेसिन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार गरेकोमा’ उक्त पुरस्कार दिने निर्णय गरिएको हो । भौतिकशास्त्रतर्फ अहिलेसम्म २२४ जनाले नोबेल पुरस्कार पाएका छन् ।

हप्फिल्ड अमेरिकको प्रिन्स्टन युनिभर्सिटीमा र हिन्टन क्यानडास्थित युनिभर्सिटी अफ टोरन्टोमा प्राध्यापन गर्नुहुन्छ । गत वर्ष सूक्ष्म कालखण्ड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो । वैज्ञानिकहरू पिएर एगोस्टिनी, फेरेन्ट्स व्रmाउस र एन लहुलिएले पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रव्रिmया पत्ता लगाउनुभएको हो । ‘क्वान्टम मेकानिक्स’ सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो ।

रसायनशास्त्र

यस वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् । वासिङ्टन विश्‍वविद्यालयका डेभिड बेकरलाई ‘कम्प्युटेसनल प्रोटिन डिजाइन’ का निम्ति र गुगल डिप माइन्डका डेमिस हसाबिस तथा जोन एम जम्परलाई ‘प्रोटिनको स्ट्रक्चर प्रेडिक्सन’ का निम्ति पुरस्कार दिइने भएको हो । रसायनशास्त्रतर्फ अहिलेसम्म ११६ पटक नोबेल पुरस्कार दिइएकोमा सन् १९०१ देखि २०२४ सम्ममा १९७ जनाले यो पुरस्कार पाएका छन् । दुई जना वैज्ञानिक दुई÷दुई पटक पुरस्कृत भएका छन् । गत वर्ष यो पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिइएको थियो

नोबेल पुरस्कार समितिले वैज्ञानिकहरू मौन्गी जी बावेन्डी, लुइस ब्रुस र अलेक्सी एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार दिने घोषणा गरेको थियो । बावेन्डी म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) सँग आबद्ध हुनुहुन्छ भने ब्रुस कोलम्बिया विश्वविद्यालयसँग र एकिमोभ न्यानोव्रिmस्टल टेक्नोलोजी इन्क न्युयोर्कमा आबद्ध हुनुहुन्छ । उहाँहरूले धेरै चम्किलो रङ्गीन प्रकाश उत्सर्जन गर्ने साना कणमा अनुसन्धान गर्नुभएको छ । क्वान्टम डट्स टेलिभिजन, एलइडी बत्ती, मेडिकल इमेजिङलगायतमा प्रयोग हुने गरेको छ ।

साहित्य

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी साहित्यकार हान काङलाई प्रदान गरिने भएको छ । उहाँ साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८ औँ महिला बन्नुभएको छ । नोबेल पुरस्कार समितिका अनुसार ‘ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने उहाँका चरम काव्यात्मक गद्यका लागि’ उहाँलाई पुरस्कार दिइएको हो ।

५३ वर्षीय आख्यानकार हानले ‘दी भेजिटेरिअन’ नामक उपन्यासका निम्ति सन् २००७ मा ‘म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गर्नुभएको थियो ।  सन् १९०१ देखि २०२४ सम्म साहित्यतर्फ यो पुरस्कार ११७ पटक प्रदान गरिएको छ भने यसबाट १२१ जना साहित्यकार पुरस्कृत भएका छन् ।

गत वर्ष यो पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिएको थियो । पुरस्कार समितिका अनुसार ‘व्यक्त गर्न नसकिने कुरालाई उहाँले नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले’ फोसालाई पुरस्कार दिइएको थियो । फोसाले आफ्नै शैलीमा उपन्यास लेख्ने गर्नुहुन्छ । उहाँको शैलीलाई ‘फोसा मिनिमलिजम’ को संज्ञा दिइएको छ । उहाँका ४० वटा नाटक, कैयौँ उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवाद प्रकाशित छन् ।

शान्ति

यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था ‘निहन हिडन्क्यो’ लाई प्रदान गरिने भएको छ । ‘निहन हिडन्क्यो’ दोस्रो विश्वयुद्धका व्रmममा जापानको हिरोसिमा र नागासाकीमा खसालिएका आणविक बमका पीडितको संस्था हो । नोबेल पुरस्कार समितिले ‘विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नु हुँदैन भन्ने प्रदर्शन गरेकाले’ उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको बताएको छ । 

सन् १९०१ देखि २०२४ सम्ममा १०५ पटक यो पुरस्कार प्रदान गरिएकामा १११ जना व्यक्ति तथा २८ वटा संस्था पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा १९ जना महिला छन् । गत वर्ष यो पुरस्कार इरानी मानव अधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको थियो । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकार प्रवर्धनमा लागेको भन्दै उहाँलाई यो पुरस्कार दिइएको हो ।  

अर्थशास्त्र

अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिच्युटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उहाँहरूलाई ‘संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति’ पुरस्कृत गर्न लागिएको समितिले जनाएको छ । यस विधामा अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा तीन जना महिला छन् । सन् १९६८ देखि यस विधामा पुरस्कार दिन थालिएको हो । गत वर्ष यो  पुरस्कार अमेरिकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई श्रम बजारमा महिलाले पु¥याएको योगदानबारे विशिष्ट अध्ययन गरेकामा प्रदान गरिएको थियो, उहाँ हार्वर्ड विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । 

Author

रामप्रसाद आचार्य