• ३० असोज २०८१, बुधबार

प्रधानमन्त्री उद्धार कोषमा पौने दुई अर्ब रकम जम्मा

blog

काठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपियाँ रकम जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा असोज ३० गते बुधबारसम्म जम्मा भएको रकम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्धार कोषमा असोज २३ गतेसम्म एक अर्ब ७३ करोड ६ लाख ३२ हजार २०९ रुपियाँ जम्मा भएको थियो ।

असोज २३ यता स्वर्ग पवित्रा सत्य सुन्दर समाजले तीन लाख, (एसआइएमओएन) ले एक लाख ९३ हजार १०१, विद्युत उत्पादन कम्पनीले पाँच लाख ९६ हजार ७४५, साल्टट्रेडिङ्ग कर्पोरेसनले ६० लाख, (एनआरएनए) ले ५१ लाख, नेशनल इन्सुरेन्स कम्पनी दश लाख, राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८, सोनापुर टोल विकास संस्थाले १३ हजार ३१५, झरबारी टोल विकास समितिले तीन हजार, नेपाल प्रहरी श्रीमती सङ्घले पाँच लाख ५५ हजार ५५५, विधाधर मल्लिकले सात हजार ६७१ रुपियाँ सहयोग गरेको कार्यालयले जनाएको छ ।