• ३० असोज २०८१, बुधबार

अपराध नियन्त्रणमा प्रहरीको महात्वपूर्ण भूमिका : प्रजिअ अर्याल

blog

कपिलवस्तु प्रहरीले आयोजना गरेको कार्यक्रम । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), असोज ३० गते । कपिलबवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अपराध नियन्त्रणमा प्रहरीको महात्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । 

६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी कार्यालय कपिलवस्तुले आयोजना गरेको  कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सिमा क्षेत्रमा हुने अपराध, राजमार्ग क्षेत्रमा हुने अपराध, गाउँ समाज र समुदायमा हुने अपराधको भित्रि रुपमा सूचनाको संकलन, सूचनाको विश्लेषण गरी प्रहरीले गरेको क्रियाकलप अति उत्तम रहेको प्रजिअ अर्यालले बताउनुभयो । 

कुनै पनि नागरिक विना वर्दीको प्रहरी हो, शान्ति सुरक्षा कायम गर्ने, अमनचयन कायम गर्ने, चोरी निकासी र अपराध नियन्त्रण गर्ने काम प्रहरीको हो, यद्यपि त्यसमा आम नागरिको त्यतिकै भूमिका रहेको उहाँको भनाइ छ ।

दिवसको अवसरमा ब्याडमिण्टन र भलिबल प्रतियोगितामा विजयी हुने पुरस्कार एवम् प्रमाणपत्र वितरण, अमर प्रहरी परिवारलगायत ज्येष्ठ पूर्व प्रहरीलाई सम्मानित गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । 

कार्यक्रममा कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी एवम् गैर सरकारी निकायका प्रमुख एवम् प्रतिनिधिलगायतको सहभागिता थियो ।