• ३० असोज २०८१, बुधबार

हलको विकल्प खोज्ने निश्चलको चेतावनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३० गते । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्रलाई हलहरूले गरेको व्यवहारप्रति असन्तुष्टि  व्यक्त गर्नुभएको छ ।  उहाँले सामाजिक सञ्जालमार्फत नेपाली चलचित्रले दर्शकको राम्रो साथ, प्रतिक्रिया र दर्शकको चाप बढिरहेको बेला पनि हलले भारतीय चलचित्रलाई मात्र प्राथमिकतामा राखेको गुनासो गर्नुभयो ।

उहाँले लेख्नुभएको छ, “राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो हुँदा पनि तपाईंहरू भारतीय चलचित्रलाई नै प्राथमिकता दिइराख्नु है, अकुपेन्सी आलु हुँदा पनि । म हलको विकल्पतिर लागेँ ।”