• ३० असोज २०८१, बुधबार

सुपथ मूल्य पसल पुनः सञ्चालन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ३० गते । सरकारले चाडपर्वलाई लक्ष्य गरी सञ्चालन गरेका सहुुलियत मूल्य पसल मङ्गलबारबाट पुुनः सञ्चालनमा ल्याइएको छ । सो पसल दसैँ बिदामा पाँच दिन बन्द गरिएको थियो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि., साल्ट टे«डिङ कर्पोरेसन, दुग्ध विकास संस्थान (डिडिसी) ले दसैँतिहार र छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका थिए ।  

खाद्य कम्पनीले उपत्यकाका छ स्थानसहित देशका ४२ जिल्लाका ६५ स्थानमा सहुुलियत मूल्यमा चामल, दाल, गेडागुुडी, कर्णालीका रैथाने बाली (चिनो कागुुनो, मार्सी चामल, कर्णालीको सिमी) बिव्रmी गर्दै आएको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरिएको छ । 

यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरिएको छ । 

काठमाडौँ उपत्यकाका छ स्थान (थापाथली, रामशाहपथ, नक्खु, सूर्यविनायक, दक्षिणकाली र चाँगुुनारायणसहित ४२ जिल्लाका ६५ स्थानमा कम्पनीको बिव्रmी केन्द्र राखिएका छन् । यसका लागि सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकाका तीन मोबाइल भ्यानसहित गरी १४ स्थान र उपत्यकाबाहिर २३ जिल्लाका विभिन्न स्थानमा गरी ३८ 

स्थानमा सहुुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । पसल आगामी कात्तिक २३ सम्म सञ्चालन हुने छ ।