• २८ असोज २०८१, सोमबार

दुर्गा भवानीको मूर्ति विसर्जन

blog

कपिलबस्तु नगरपालिका ६ थुम्हवा गाउँमा बनाइएको मूर्ति बिसर्जन गर्न रामघाट नदीमा लगिदैं । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), असोज २८ गते । जिल्लाको विभिन्न स्थानमा निकालिएका दुर्गा भवानीको मुर्ति विर्सजन गरिएको छ । बाजागाजासहित स्थानीय नदी नालमा दुर्गा भवानीको मुर्ति विसर्जन गरिएको हो । 

जिल्लाका १० पालिकाअन्तर्गत विभिन्न चोक बजार गाउँमा दसैँको अवसरमा मुर्ति प्रदर्शन गरिएको थियो । नवरात्रका अवसरमा निकालिएका मुर्तिहरुकाे विशेष हवन गरिएको थियो । 

जिल्लाको विभिन्न स्थानमा सयौँको संख्यामा दुर्गा भवानीको मुर्ति बनाई राखिएको थियो । १५ हजारदेखि ५० हजार बढी मुल्यका मुर्तिहरु निकालिएका थिए । केही घटस्थापनाका दिन र अधिकांशले सप्तमीका दिन पूजापाठ गरी मूर्ति निकालेका थिए । 

दुर्गाको मूर्तिलाई भक्तजनले वाणगंगा नदीको रामघाट लक्ष्मणघाट, सुरई, कोठी, बेल नदी महसइया तथा विभिन्न नालामा भब्य रुपमा विर्सजन गरिएको हो । नवरात्रमा दुर्गा भगवतीको व्रत बसी पूजापाठ गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक बिश्वास रहिआएको छ । 

प्रजिअ विश्वप्रकाश अर्यालका अनुसार कृष्णनगर क्षेत्रका मूर्तिहरु शनिबार र तौलिहवा, गोरुसिंगे, लबनी, पकडीलगायतका स्थानमा बनाइएका मूर्ति आईतबार सेलाइएको बताउनुभयो । मूर्ति सेलाउने बिभिन्न स्थलहरुमा मेला समेत लागेको थियो । 

सम्भावित घटनालाई मध्यनजर गर्दै ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको थियो । प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टका अनुसार मूर्ति विसर्जनका क्रममा कहीँ अप्रिय घटना नभएको बताउनुभयो ।