• २३ असोज २०८१, बुधबार

कला र संस्कृति संरक्षण गर्न सुझाव

blog

कार्यक्रममा सहभागी अतिथिहरु ।

बिन्दु थापा 

पाल्पा, असोज २३ गते । नेपाली समुदायको पहिचानको रूपमा रहेको भाषा कला र संस्कृति संरक्षण गर्नुपर्ने सुझाव वक्ताहरूले दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको आयोजनामा भएको शुभकामना कार्यक्रमका सहभागीले यस्तो सुझाव दिएका हुन् । 

आपसी समझदारी तथा सद्भाव कायम राख्न वडादसैँ मनाएमा सामाजिक एकता कायम हुने भएकाले संरक्षण गर्नका लागि निरन्तर लाग्नुपर्ने सुझाव दिनुभएको छ । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । कार्कीले नेपालीको महान् पर्व, धार्मिक तथा सामाजिक एकतामा विविधता भएको संस्कृतिलाई संरक्षण गर्दै जीवन्त बनाउनमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसको नेतृत्व प्रतिष्ठानले गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । 

प्रतिष्ठानका अध्यक्ष कमल भट्टराइले धार्मिक तथा सांस्कृतिक विविधतालाई जोगाउन सदैव सकारात्मक रहेको बताउनुभयो । उहाँले संस्कृतिको संरक्षण गर्न सबै लाग्नुपर्ने भन्दै स्थानीय सरकार र उद्योगी व्यवसायीहरूले पनि साथ दिनुपर्ने बताउनुभयो ।

पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराइले संस्कृति नेपालीको पहिचान भएकाले सबै मिलेर संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि दोहोरी प्रतिष्ठानले कलाकारलाई स्थापित गराउने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।