• २५ मंसिर २०८१, मङ्गलबार

कार जत्रो कछुवाको जीवाश्म

blog

कोलम्बियाको टाटाकोआ मरुभूमिमा ठूलो कछुवाको जीवाश्म भेटिएको छ । स्टुपेनडेम्स जियोग्राफिक्स प्रजातिका ती कछुवा एक करोड ३० लाखदेखि ७० लाख वर्षअगाडि पृथ्वीमा अस्तित्वमा थिए ।

सन् १९७० मा पहिलो पटक यस प्रजातिको कछुवाको जीवाश्म फेला परेको थियो । हाल फेला परेको कछुवाको जीवाश्म पाँच मिटर लामो भएको बताइएको छ । वैज्ञानिकहरूले यस कछुवाको जीवाश्म एक गोहीको दाँतमा पनि फेला पारेका थिए ।  

–युवामञ्च