• १० मंसिर २०८१, सोमबार

वर्षाबाट क्षति हुनुको कारण

blog

विकास र प्रविधिको सिद्धान्तलाई पूर्ण रूपले आत्मसात् नगरिने, विज्ञहरूको बेवास्ता गर्ने बानी, समाजले विकासलाई विकासको नियम अनुसार नबोक्ने हाम्रो संस्कृति, ठेकदारको लापर्बाही इत्यादि भएपछि प्रकृतिलाई पनि उद्दण्ड मच्चाउन सजिलो हुँदो रहेछ । 

गएको बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाले सङ्घीय राजधानीमै ३७ भन्दा बढी मानवीय क्षति भयो । जल तथा मौसम विज्ञान विभाग, हावापानी विज्ञान महाशाखा÷हावापानी विश्लेषण शाखाले एक हप्ताअगाडि नै सचेत गराउँदा र सूचना सम्प्रेषण गर्दा पनि जिम्मेवार निकायले अनदेखा ग¥यो । फलस्वरूप राजधानी काठमाडौँमा नै ठुलो जनधनको क्षति भयो । विसं २०२७ देखि काठमाडौँ उपत्यकामा वर्षा मापन गरेको इतिहास छ । तदनुसार ५४ वर्षयताकै २४ घण्टामा करिब तीन सय मिलिलिटर वर्षाको रेकर्ड ब्रेकिङको मापन भयो । यो भारी वर्षाले राजधानीकै जनजीवन अस्तव्यस्त र क्षतविक्षत पा¥यो । अर्बौंको धन तथा सयौँको ज्यान एकैचोटि स्वाहा भयो । यति मात्र होइन, ग्यासको बुलेट, सयौँ घरमा बाढी, हजारौँ यातायातमा क्षति, सडकदेखि पक्की तथा झोलुङ्गे पुलसम्मको क्षति र नौ महिनाको गर्भवतीको मृत्युसमेत भयो । राजधानीमै वर्षाको पीडादायी कहर भोग्नु प¥यो । राजधानी छिर्ने देशका प्रमुख नाकामा सात÷आठ वटा गाडी पुरिए र विभिन्न जिल्लामा सयौँ बस्ती पुरिएको, अर्बौंको बाटो र पुल विनाश भएको तथ्याङ्क सङ्कलनकै व्रmममा छ ।

मनसुन अन्त्य भयो भनेर आमजनताले अनुमान गरेका बेला भएको यो भारी वर्षाका कारण यति ठुलो क्षति भएको हो कि मानवीय त्रुटि पनि जिम्मेवार छ । समग्रमा वातावरण नियम उल्लङ्घनको शृङ्खला मात्र आबद्ध छ कि विनाशको नेपाली चरित्र पनि । मानिसले आफ्नो स्वार्थमा जब वातावरणमाथि दोहन गर्छ तब यस्तो कहर आई नै रहन्छ । आउँदो वर्ष या आउँदो शताब्दीमा यो कहर अझै बढ्ने विभिन्न अध्ययनले देखाएको छ । हिन्दुकुश हिमालयका मानिसको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को शोधपत्र र विभिन्न समयमा भएका अध्ययन अनुसन्धानले यो सम्भावनालाई सत्य साबित गराएका छन् । यसको मुख्य कारण भनेकै जलवायु परिवर्तन मानिएको छ । यसप्रकारको प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसँग सम्बन्धित संस्थाले पनि पुष्टि गर्छन् । जबसम्म हरितगृह ग्यासको उत्सर्जन घट्दैन तबसम्म प्राकृतिक प्रकोप नाटकीय शैलीमा भई नै रहन्छ । 

मानवीय व्रिmयाकलापले निष्कासन हुने मिथेन, नाइट्रसअक्साइड, कार्बनडाइअक्साड जस्ता हरितगृह ग्यास र ओजन तह विनाश गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिनप्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ । जसको परिणामस्वरूप विकिरणका मात्राको घनत्व वातावरणमा उच्च हुन्छ तब तापव्रmम र वर्षामा असुन्तलन पैदा गर्छ । यही असन्तुलन सबभन्दा पहिले जलवायु तथा मौसममा प्रत्यक्ष रूपमा पर्छ । यसको अर्थ जल वाष्पीकरणमा अत्यधिक हुने, पानी पर्ने चव्रmमा खलबल पुग्ने हो । यसरी मानिसले गरेको विकाससँगै निस्केको विनाशले वातावरण नै परिवर्तन गरिदिन्छ । यही परिवर्तन वर्षामा परिणत हुन्छ, जुन ठुलो जनधनको क्षतिको कारण बन्छ ।

मानवले विकासको नाममा वातावरणलाई मुख्य आधार मानेमा बर्सातबाट हुने प्राकृतिक प्रकोपको प्रभाव कम हुने देखिन्छ । दिगो विकासको अवधारणालाई आत्मसात् गरी विकास निर्माणको काम गरेमा बर्सातजन्य बाढी प्रकोपबाट हुने क्षति झन्डै शून्य नै हुन्छ । उदाहरणका लागि काठमाडौँ उपत्यकाभित्रका खोलानाला र तटीय क्षेत्रको मापदण्ड पालना गरी व्यवस्थित बस्ती क्षेत्र निर्माण गरेको भए नौमहिने गर्भवती र घन्टौँ राहतको पर्खाइमा जस्तापाता माथि बसेर पनि भेलसँगै बग्नुपर्ने नियति आउने थिएन । विकासका कार्य गर्दा सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन (सङ्क्षिप्त वातावरणीय अध्ययन, प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन) एवं रणनीतिक वातावरणीय विश्लेषण नगरी विकास गर्ने राज्य संयन्त्र हुँदासम्म धनजनको क्षति भइरहन्छ । यसका लागि राज्यले अध्ययन अनुसन्धानलाई विकासको मेरुदण्ड मान्नु पर्छ । जस्तै पक्की पुल बनाउँदा सो जलाधार क्षेत्रबाट बग्ने पानीको तह तथा यसका विविध आयामको परिणामलाई मानेर निर्माण गरेमा पक्की पुल कहिले बग्नु पर्दैन । 

सिन्धुली जिल्लाको खुर्कोटमा रहेको सुनकोशी नदीमाथि बनेको रामेछाप जिल्लालाई राजधानीसँग जोड्ने पक्की पुल बग्नु सो क्षेत्रको भौगोलिक एवं जलविज्ञानको अध्ययन प्रभावकारी रूपमा नगरी गरिएको विकासको उदाहरण मान्न सकिन्छ । खर्च न्यूनीकरण या भ्रष्टाचारको नाममा अध्ययनबिना नै पुल बनाइन्छ वा विकास निर्माण गरिन्छ, जसले गर्दा बाढीसँगै करोडौँ रुपियाँ आँखैअगाडि स्वाहा हुन्छ । चितवनको नारायणघाटमा रहेको महेन्द्र राजमार्गमा बनेको पुल देशका सम्पूर्ण पुल बग्दा तथा डुब्दा पनि यसमा क्षति पुगेको देखिन्न, किन होला ? अहिलेको विकासका कार्य कुनै पनि विज्ञानको आधारबिना राज्य संयन्त्र दुरुपयोग गरी बनाइन्छ, जसको परिणामस्वरूप राज्यले ठुलो क्षति बेहोर्नु परिरहेको छ । 

नेपालमा कुनै समय विज्ञानलाई आधार मानी विकास गरिन्थ्यो, जुन दिगो, भरपर्दो र सहज थियो । पछिल्लो समयका विकास निर्माण राज्यको संयन्त्र दुरुपयोग गरी÷गराई या आफैँ संलग्न भई गरिने हुनाले विकास कार्य विनाशको प्रमुख कारण बन्दै गएको छ । उदाहरणका लागि ललितपुर जिल्लाको नक्खु क्षेत्रको डुबान र क्षति अवलोकन गर्दा प्रमाणित हुन्छ । यसको अर्थ हालको विकास कार्य विनाशसँग सम्बन्धित हुने नै छ छिटो या ढिलो ।

राजधानीका बस्ती खोला किनारैसम्म छ । नेपाल सरकार र काठमाडौँ महानगरपालिका खोला किनारको दुरीको मापदण्डमा विभाजित छन् । के नागरिकको विकासमा राज्यका निकाय विभाजित हुन्छन् त ? जबसम्म जमिनमुनि आकासे पानी जाने मार्ग सिर्जना घर घरमा हँुदैन तबसम्म काठमाडौँ आजभन्दा भोलि खतराको साक्षी बन्ने देखिन्छ । यसकारण आउँदो वर्षमा जनधनको क्षति कम गर्न महानगरले कम्तीमा पनि घरको १० प्रतिशत जग्गामा खाली जमिन गराई पानी भूमीकरण गराउने नियम नीति र मापदण्ड अनिवार्य रूपमा ल्याउनु पर्छ । १० प्रतिशत खाली जमिनले पानी सोस्न पाएमा करिब ६० प्रतिशत बाढी रोक्न विभिन्न अध्ययन अनुसन्धानको परिणामले देखाउँछ । यसकारण यो कार्य काठमाडौँ जस्तो सहरमा छिट्टै गरिहाल्नुपर्ने देखिन्छ । 

विसं २०८२ को बर्सातसम्ममा काठमाडौँ उपत्यकामा यो काम घर घरमा हुनुपर्ने देखिन्छ । घर घरमा पानी भूमीकरण गर्ने काम सबै जनताको वातावरणलाई बचाउने र भावी सन्तानप्रतिको कर्तव्य पनि हो । घरधनीले पनि यसलाई बोझका रूपमा लिनु हुँदैन । भावी सन्तति र भविष्यका लागि यो काम गर्न सकिएमा पानीले ल्याउने बाढीपहिरोको प्रकोप उपत्यकामा निकै कम हुने तथ्याङ्क र अध्ययन अनुसन्धानले देखाउँछ । नदी किनार खाली गर्ने कार्य त छँदै छ या पानीलाई आफ्नो प्राकृतिक क्षेत्रमा निर्बाध रूपले बग्न दिइनुपर्ने छ । यीबाहेक सडकखण्ड बनाउँदा, पक्की पुल र झोलुङ्गे पुल बनाउँदा विज्ञानका आधारमा काम गर्नुपर्ने देखिन्छ । विकास निर्माण गर्दा कम्तीमा पनि राजनीतीकरण नगरी दिगो विकासलाई आधार मानेमा अझै पनि धेरै हदसम्म प्राकृतिक प्रकोपको निवारण हुने छ । समाज र स्थानीय तहको विकासमा एक समूहको स्वार्थ पूर्ति नभएमा पनि कैयौँ जनधनको क्षतिको न्यूनीकरण हुने छ । 

यसै गरी हरितगृह उत्सर्जन कार्य कम गर्ने विभिन्न विधि, उपाय र उपकरणलाई राज्यले प्राथमिकतामा राख्नु पर्छ । वातावरणीय शिक्षा, जलवायुसम्बन्धी सामान्य ज्ञान र जलवायु परिवर्तनसम्बन्धी सचेतनाले पनि जनधनको क्षति निकै कम हुने देखिन्छ । उदाहारणका लागि जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीलाई नदी किनारका बस्तीमा सम्प्रेषण गर्न सकेको भए यति धेरै जनधनको क्षति काठमाडौँ उपत्यकामा हुने थिएन । आउँदो वर्षमा पनि यस्तो विपत् जनताले भोग्न नपरोस् भनी जनतालाई सचेत गराउनैपर्ने हुन्छ ।

काठमाडौँ उपत्यकाभन्दा बाहिरका राजमार्ग अहिले कालमार्गमा परिणत भइरहेका छन् । उदाहरणका लागि यो वर्षको सुरुवातमा चितवनको सिमलघाटको दुई बस दुर्घटना र यही शनिबार काठमाडौँ उपत्यका छिर्ने नाका झ्याप्लेखोलामा भएको छ÷सात वटा यात्रुबस पहिरोले पुरिएका घटना तथ्याङ्कगत छन् । सबैलाई थाहा छ कि जथाभाबी डोजÞरे विकासले वातावरणमा पहिरोको कारण बन्छ । यति हँुदाहँुदै पनि स्थानीय तहमा डोजरे विकासबिना विकास नै हुँदैन भने मानसिकता छ । झ्याप्लेखोलाको घटना यसको उदाहरण हो । यसबाहेक यसले २१ औँ शताब्दीमा नेपालको विकासको अवधारणालाई पनि देखाउँछ । विकास र प्रविधिको सिद्धान्तलाई पूर्ण रूपले आत्मसात् नगरिने, विज्ञहरूको बेवास्ता गर्ने बानी, समाजले विकासलाई विकासको नियम अनुसार नबोक्ने हाम्रो संस्कृति, ठेकदारको लापर्बाही इत्यादि भएपछि प्रकृतिलाई पनि उद्दण्ड मच्चाउन सजिलो हुँदो रहेछ । 

काठमाडौँमा दुई÷तीन घण्टा टिनको छतमा बसेर उद्धार खोज्दा पनि बागमतीमा बग्नु नेपालीको भाग्य र नियति हो । के यो सानो घटना थियो या हुने छ ? पत्रपत्रिका, समाचार र मिडिया हेरेर प्राकृतिक प्रकोपको परिणाम निकाल्न खोजिन्छ भने जनधनको ठुलो क्षति हुन्छ नै । 

जबसम्म अध्ययन र अनुसन्धानलाई आत्मसात् गरिने आधार राज्यमा तय हँुदैन र त्यसै गरी राज्य संयन्त्र विज्ञान, विकास र प्रविधिको सिद्धान्तलाई वातावरणीय आधारमा विकास र जनताप्रति उत्तरदायी हुँदैन तबसम्म आउँदो वर्षमा पनि काठमाडौँ उपत्यकामा वर्षाले झन् ठुलो जनधनको क्षति हुने निश्चित छ । यति हुँदाहँुदै पनि राज्यले भावी दिनमा गर्ने वातावरणीय प्रकोप तयारी कार्यले जनतामा भरोसा दिलाउन सक्छ ।

Author

डा. सागर ढकाल