• १० मंसिर २०८१, सोमबार

राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

blog

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

न्युयोर्क (अमेरिका), असोज ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई बिहीबार सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ  ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि प्रमुख लोकबहादुर थापालगायत सहभागी हुनुहुन्छ । रासस