• ४ जेठ २०८१, शुक्रबार

‘निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव’

निर्धक्क मताधिकारको प्रयोग गर्न राष्ट्रपतिको आह्वान

blog

स्थानीय तहको निर्वाचनमा मताधिकारको प्रयोग गर्न आह्वान गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

काठमाडौं, वैशाख २९ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताउनुभएको छ। साथै उहाँले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गर्नुभएको छ।

वैशाख ३० गते शुक्रबार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन सम्बन्धमा राष्ट्रपतिले बिहीबार एक भिडियो सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको बताउनुभयो।

जनताले निर्वाचित गरेका जनप्रतिनिधिबाट शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ। आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्ने भएकाले राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने राष्ट्रपतिले आफ्नो सन्देशमा भन्नुभएको छ।

उहाँले निर्वाचन समाज र राष्ट्रको विकासका मुद्दालाई जनताको घरदैलोमा पुर्‍याउने विशेष अवसरको रुपमा ग्रहण गर्नुपर्ने बताउनुभएको छ।

राष्ट्रपतिले दिनुभएको भिडियो सन्देश  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।