• २ असोज २०८१, बुधबार

वडा कार्यालय भवनको शिलान्यास

blog

भवनको शिलान्यास गर्दै उपप्रमुख बानियाँ । तस्बिरः अनिल पराजुली ।

अनिल पराजुली

हेटौँडा, असोज २ गते । एक करोड रुपियाँ लगानीमा हेटौँडा उपमहानगरपालिका ६ नं. वडा कार्यालयको भवन बन्ने भएको छ । एक्सिस एशियन कन्स्ट्रक्सन कम्पनी प्रालिले पाँच कोठे एक तल्ले भवन एक करोड रुपियाँमा ठेक्का सम्झौता गरेको हो । 

भवन निर्माणको काम २०८२ पुस ६ गते सम्पन्न गर्ने गरी सम्झौता भएको नेपाल सरकारको शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर रविन पाठकले जानकारी दिनुभयो । भवनको मङ्गलबार हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले शिलान्यास गर्नुभएको हो । 

कार्यक्रममा वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, मुना विश्वकर्मा, हेटौंडा–७ की वडा सदस्य सन्तु दराई, पूर्व वडा सदस्य शुभ तिमल्सिना, वडा सचिव आमोद मैनाली लगायतको उपस्थिति रहेको थियो ।