• ७ माघ २०८१, सोमबार

नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौँ : मन्त्री पाण्डे

blog

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डे नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान कार्यालयको अवलोकन गर्नुहुँदै । तस्बिर मन्त्री पाण्डेको सचिवालय

काठमाडौँ, असोज २ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले बुधबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ ।

बुधबार नाथमको रविभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वरस्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो । 

नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै उहाँले आगामी हिउँदे अधिवेशनबाट नाथमसम्बन्धी विधेयक संसदमा पेस गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नाथमबाट उत्पादित जनशक्ति दक्ष र विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि प्रमाणित भएको बताउनुभयो । उहाँले नाथमले अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग समेत सहकार्य र समन्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

नाथम सञ्चालनमा मन्त्रालयले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने समेत मन्त्री पाण्डेले विश्वास दिलाउनुभयो ।