• १० मंसिर २०८१, सोमबार

टर्कीमा मोसादको वित्तीय नेटवर्कका प्रमुख पक्राउ

blog

टर्की, भदौ १९ गते । टर्कीका अधिकारीहरूले इजरायलको मोसाद गुप्तचर एजेन्सीको टर्किएमा वित्तीय नेटवर्कका प्रमुख लिरिडोन रेक्सेपीलाई गिरफ्तार गरेका छन् ।

अगस्ट ३० मा इस्तानबुल प्रहरीले एक अपरेसनको क्रममा मोसादको तर्फबाट पैसा हस्तान्तरण गरेको आरोपमा रेक्सेपीलाई पक्राउ गरेको थियो ।

रेक्सेपीलाई अदालतको सुनुवाइपछि औपचारिक रूपमा पक्राउ गरिएको थियो । जस क्रममा उनले आरोप स्वीकार गरेका छन् ।

टर्कीको खुफिया एजेन्सी, एमआईटीले अगस्ट २५ मा रेक्सेपीको देशमा प्रवेश गरेदेखि नै निगरानी गरिरहेको थियो । एमआईटीको अनुसन्धानले रेक्सेपीले मोसादका लागि वित्तीय सञ्चालनको प्रबन्ध गरेको र वेस्टर्न युनियन मार्फत टर्किएमा फिल्ड एजेन्टहरूलाई बारम्बार महत्त्वपूर्ण रकम हस्तान्तरण गरेको खुलासा गरेको थियो ।

रेक्सेपीले प्यालेस्टिनी राजनीतिज्ञहरूलाई लक्षित गरी ड्रोन निगरानी र मनोवैज्ञानिक अपरेसनहरू पनि गरेको पाइएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल