• १३ मंसिर २०८१, बिहिबार

कामको भुक्तानी नदिएपछि प्रमुख प्रशासकीयको सरुवा

blog

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका । तस्बिर : चित्रा मिजर

चित्रा मिजर
सिन्धुपाल्चोक, भदौ १८ गते ।
बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ ‘प्रवेश’ले नियम विपरित काम गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत रेवन्त दहालको सरुवा गरिदिनुभएको छ ।

अध्यक्षको मनमौजी बीलभौचरमा हस्तक्षर गर्न नमानेपछि प्रमुख प्रशासकीय अधिकृत दाहाललाई एक वर्ष नबित्दै सरुवा गरिएको हो ।

अध्यक्ष गंगाले विभिन्न शीर्षकमा बिना कामको बीलभौचरमा हस्तक्षर गर्न दबाब दिएपछि दाहालले हस्तक्षर नगरेकै कारणमा सरुवा गरिएको हो । यस विषयमा प्रप्रअ दहाललाई फोन सम्पर्क गर्दा आफ्नो सरुवा कसैले नगरेको र नियमित प्रक्रिया अनुसार अख्तियारमा सरुवा भई जान लागेको जानकारी दिनुभयो ।

‘‘नियमानुसार भए गरेका काममा भुक्तानी दिएकै छु, अन्य कुरा केही होइन ।,’’ दाहालले भन्नुभयो ।

बलेफी गाउँपालिकाका अध्यक्ष तामाङलाई यसबारे प्रश्न गर्दा ‘‘मैले त्यस्तो कुनै बिना कामको बीलभौचरमा हस्ताक्षर गर्न दवाव नदिएको, बरु उल्टै उहाँले सरुवाको सरप्राइज दिएको’’ बताउनुभयो ।