• १७ भदौ २०८१, सोमबार

२१ वटा आइफोनसहित एक प्रकाउ

blog

पक्राउ परेका राजु चौधरी । तस्बिर : जिप्रका कैलाली

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), भदौ १७ गते । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडका राजु चौधरी २१ वटा आइ–फोन (मोबाइल) सहित पक्राउ परेका छन् ।

सोमबार धनगढी उपमहानगपालिका वडानम्बर १३ स्थित धनगढी विमानस्थलबाट प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता कविन्द्रसिंह बोहराले विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेशबाट भित्र प्रवेश गर्दैगर्दा पक्राउ गरिएको जनाउनुभयो ।

चौधरीले प्रवेश द्वारको नजिक रहेको एक्सरे मेसिनमा काठमाडौँ पठाउने भनि कार्टुनमा प्याक गरी ल्याएका आइफोन प्रहरीले बरामद गरेको हो ।

करिब आठ लाख ४० हजार मूल्यका एप्पल कम्पनीका २१ वटा आइफोन (मोबाइल) बरामद गरेर चौधरीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बरामद गरिएका सामानसहित थप अनुसन्धानका लागि त्रिनगर भन्सार कार्यालय पठाउने कार्य भइरहेको जनाइएको छ ।