• १७ भदौ २०८१, सोमबार

खाली घरमा मानव कङ्काल भेटियो

blog

फाइल तस्बिर ।

सुजल श्रेष्ठ 

प्युठान, भदौ १७ गते । माण्डवी गाउँपालिका–२ मा मानव कङ्काल फेला परेको छ । माण्डवी गाउँपालिका–२ अधेरीस्थित दलबहादुर खत्रीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो ।

आइतबार बाँदर धपाउन गएको बेला पानी परेपछि ओत लाग्न उक्त घरमा गएका स्थानीयले मानव कङ्काल भेट्टाएका थिए । घर विगत सात वर्षदेखि खाली छ । मानव कङ्काल बच्चाको जस्तै देखिएको स्थानीयको भनाई छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानको प्रहरी प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेको छ । ‘‘भर्खरै घटनास्थल आइपुगेका छौँ, सूचना अधिकारी केशव केसीले भन्नुभयो अनुसन्धान हुँदैछ ।’’