• ८ मंसिर २०८१, शनिबार

पञ्चमीका चन्द्रमा

blog

जताततै आतङ्क र बम, गोला बारुद । कानले सुनिनसक्नु गरी पड्केका बन्दुकहरू । सुरक्षाकर्मी र आतङ्ककारीबिच हुने बेलाबखतका झडपले मूचर््िछत सहरमा दिउँसै पनि मन्द मन्द पदचापले हिँडेका मानवहरू । छिप्पेको सन्ध्यादेखि कलिलो प्रभातसम्मका क्षणले त मलाई मानसिक कोलाहल र तनावबाहेक केही दिएको छैन । दस घण्टाको काली रात मेरा लागि दस महिनाको कहाली बन्ने गर्छ । द्वन्द्वकाल राष्ट्रका निम्ति जति घातक छ, यी दिनहरूमा मेरो व्यक्तिगत जीवन–द्वन्द्व पनि थपिएको छ, कहिल्यै निको नहुने, सधैँ बल्झिरहने घाउ बनेर । 

नेपालको मध्यपश्चिम क्षेत्रको विकासोन्मुख बस्तीमा छु म । सामान्य शिक्षण पेसाले दुई जिउ पाल्न धौ धौ परेको अवस्था छ । एक्ली छु । साथी छोरा त छ, नाबालक । भर्खरै औँला समातेर हिँड्न थालेको । 

एक दिन प्रिन्सिपल सरकोमा काम विशेषले गएका बेला अचानक एक अपरिचित अधबैँसे मेरो नजरमा परे । प्रिन्सिपलले चिनाए, “उहाँ शिक्षामा दक्खल, विदेशबाट उच्च शिक्षा हासिल गरी यस जिल्लामा आउनुभएको हाकिम ।” उनी शिक्षक छनोट समितिमा विशेषज्ञ बनेर आएका रहेछन् । सुनेँ, बुझेँ– कुनै सरकारी कार्यालयका प्रशासक हुन् रे । 

आज शुव्रmबारका दिन हाफछुट्टी भए पनि म विद्यालयको कामले नै ढिलासम्म बसेकी, त्यसैले प्रिन्सिपलसँग घरसम्म पुग्न गाडी भन्न गएकी थिएँ । “उहाँ पनि त्यतै जानु हुन्छ, सँगै जानु होला,” प्रिन्सिपलले हामी दुईलाई एउटै भ्यानमा राखी पठाए । सामान्य कदकाठी र मान्छे देख्दा पनि ठिकै । म त चुपचाप जस्तै थिएँ, उनी अलिक बोलक्कड रहेछन् । 

अध्ययन, अध्यापनमा मैले व्यावसायिक दक्षता हासिल गरेकी नै छु । पिताजीले “मलाई पाल्ने छोरी यही हो” भन्ने गर्नुहुन्थ्यो । काठमाडौँ लगी राम्रो विद्यालयमा आवासीय सुविधामा राखी पढाउनुभयो । उहाँ अब स्मृतिपटलमा मात्र हुनुहुन्छ । अन्यत्र कतै केही गर्न नसके पनि म माध्यमिक विद्यालयको राम्रो शिक्षकमा गनिन्छु । 

शनिबारको दिन । बिहान यौटा पसलमा म छान्दै थिएँ आफ्ना अत्यावश्यक आधारभूत सामानहरू । मेरा हैसियतका नुहाउने साबुन, सेम्पु, बिस्कुट आदि । अचानक उनी पनि मेरो भाइ पर्ने एक जना अधिकृतसँग सँगै आए । मेरो भाइ पसल चिनाउन र खरिदारीमा सघाउन आएको रहेछ । 

मलाई लागिरहेथ्यो– त्यतिबेला म उनीसँग नचिनिन पाए हुन्थ्यो । आखिर भाइले परिचय गराइछाड्यो । हामीले एकआपसमा देखिसकेको भावले नमस्ते आदानप्रदान गरेको भाइले मेसो पाएन । म घरबस्दा लगाउने मैला लुगामा नै बजार निस्केकी थिएँ । घरायसी काम गर्दागर्दै र छोरालाई बिहानको नास्ता गराई हिँडेकीले म ल्याङ्फ्याङ् नै थिएँ । म त्यसै सिकुडिएँ, अटेस मटेस अनुभव भयो । म कसका लागि बनिबनाउ भएर हिँडूँ ? यस्तो लाग्छ कहिलकाहीँ त ! 

उनी यस ठाउँमा सरुवा भई आएको एक महिना मात्र भएको रहेछ । 

सामाजिक अभियन्ता पनि भएका नाताले मैले जिल्लाका धेरै जसो हाकिमलाई चिन्दछु । तिनमा यी पनि थपिए । बिदाको एक दिन, हुलाक कार्यालय अघिको चउरमा साँझपख म छोरालाई लिई बस्दै थिएँ । हुलाक हाकिमसँग उनी पनि त्यतै हावा खान घुम्दै रहेछन्, नजिकै आए । त्यहाँ उनले बदाम र सुन्तला किने । हामी चारै जना अलिक सजिलो ठाउँमा सरेर बस्यौँ । 

यसैबिच अचानक मेरो आफ्नो भनाउँदो मान्छे पनि त्यहीँ नजिकबाट गुज्रँदै थियो । मैले सङ्केत गरी उनीहरूलाई अलिक टाढाबाटै चिनाइदिएँ र भनेँ– “ऊः मेरो केही दिन अघिसम्मको लोग्ने ।” उनीहरूले जिज्ञासा राखे । मैले सबै कुरा बताएँ । 

मैले गैरसरकारी संस्था चलाएकी थिएँ । पत्रकारिता गरेँ, प्रेस चलाएँ । लागुपदार्थ दुव्र्यसन, उपभोक्ता हकहित, नारी चेतना जस्ता विषयमा कार्यव्रmम सञ्चालन गरेँ । यस्ता कामबाट कति पो कमाइ हुन्थ्यो र ? पसल राखेँ, दुवै जनाको संयुक्त हात होस्, जीवन चलोस् भनेर । आफ्नो पेसा, व्यवसाय गरोस् भनी ऋण गरी उसका लागि लाखौँ खर्च गरेँ । अहँ, केही लागेन ।

कच्चा उमेरमा भएको वैवाहिक निर्णय मेरो जीवन–मरणको पासो बन्यो । जति पैसा दिए पनि उसको मादक पदार्थ सेवन गरी पैसा झ्वाम पार्ने बानीले मैले जवानी, इज्जत, महìवाकाङ्क्षा, सिर्जनात्मकता र पैसा सबैथोक गुमाउँदै आइरहेँ । लागुपदार्थ मेरो जीवनलाई तहसनहस पार्ने विष बन्यो । अन्य जिल्लाबाट श्रीमान् ल्याएर माइती क्षेत्रमा स्वतन्त्र रूपमा स्थापित हुन खोजेकी मलाई आफ्नैले “खुच्चिङ्” भन्दै अपमानित गरेका क्षणहरूले मलाई जिउँदो लास बनाइरहे ।

ऊ प्रायः घर आउँदैनथ्यो, जाँड भए पुग्थ्यो । ऊ सुध्रेन । जे भयो, भयो । सबै कुरा बिर्सेर आफ्नो भाग्य यस्तै रहेछ भनी सहेकै थिएँ । यतिसम्म कि छोरा जन्मने बेला म अस्पतालमा छट्पटाउँदै थिएँ, ऊ बेहोस बनेर नालीमा घुर्दै थियो रे । मैले प्रसूति अवस्थामा नै यो कुरा सुन्नुपर्दा मलाई कस्तो भयो होला ? 

मेरा रसिला आँखाले यति भन्दै गर्दा उनी मेरो कहानी सुनेर स्तब्ध भए । 

उनीसँग मेरो भेट प्रायः विभिन्न कार्यव्रmममा हुन थाल्यो । उनले एक पटक भनेका थिए– यो संसारमा धेरै जसो मान्छे सुखी छैनन्, यौटा न यौटा समस्याले जकडी रहेका छन् । महादेवलाई भष्मासुरबाट जोगिन गाह्रो भएथ्यो । सती वृन्दाप्रतिको दुराशयले विष्णुको व्यक्तित्व कमजोर बनेको थियो । देवीले महिषासुर बध गर्न महाकाली, दुर्गाको अवतार लिनुप¥यो । सुग्रीवको पक्षमा लागी लुकेर वाण हान्ने रामचन्द्रलाई बालिले भन्नु नभन्नु भनेको कुरा रामायणमा पढ्न पाइन्छ । श्रीकृष्णले छलछाम नगरी हुँदै भएन र अन्त्यमा यदुवंश नै सखाप भयो । यस्ता यस्ता युगनायकहरूलाई त आफ्नो नेतृत्व जोगाउन गाह्रो परेको थियो भने त्यसमाथि हामी त कलियुगका सामान्य मान्छे । 

उनका कुरा धेरै तार्किक, तथ्ययुक्त, संवेदनशील, कारुणिक र कतिपय बेला विनोदी पनि हुन्थे । एकछिनलाई सबै पिरव्यथा हट्थे पनि । तर यस्ता पाठहरू मेरो अब आउने जिन्दगीका लागि उपयोगी हुन सक्लान्, ऐलेलाई त असम्भव नै भयो । किन कि जिन्दगी त मैले भोगिरहेछु । मैले मेरो भन्नेसँग छुटकारा पाउन भर्खरै सम्बन्ध विच्छेद नै गरिसकेकी छु । भोलि मात्र जिल्ला अदालतले फैसलाको पूर्ण पाठ उपलब्ध गराउँदै छ । म आफैँलाई थाहा छैन, मैले ठिक गरेँ कि बेठिक ।

यी सबै कुरा मैले उनलाई भनेँ । बोल्दाबोल्दै म घुँक्क घुँक्क पो गर्न थालिछु । उनको सफल दाम्पत्यका अघि मेरो विषाक्त अभिव्यक्ति एउटा अरण्य रोदन मात्र हुन सक्ने हुन्छ । मैले बोल्दाबोल्दै पत्तो पाइनछु । 

अदालतको फैसला टेबुलमाथि त्यसै अलपत्र छ । झ्यालबाट छिरेको हावाले प्रत्येक पानालाई फरफर छुट्याइरहेछ । मलाई त्यो सम्हाल्ने इच्छा पनि पलाएन । एकछिनपछि फैसलाको त्यो मुठो गिलासको पानीसमेत ढलाएर भुइँमा फ्यात्त खस्यो । सिसाका टुव्रmा, नेपालीकागज र पानी एकै ठाउँमा लटपटिए । के यस्तो अपशकुन ! 

मेरो मनमा कुरा खेलिरहेछ– अबदेखि ऊ जेसुकै होस्, जहाँसुकै जाओस् वा लतारियोस्, खाओस् वा नखाओस्, के मतलब ? रोएको अन्तरात्माको कुनै सानो कुनामा “ऊ मेरो छोराको बाबु त हो नि !” भन्ने यौटा नमिठो उच्छ्वास अल्सरले आमाशयलाई कोपरे झैँ बसेको छ । गजब त यो छ कि न्यायाधीशको एक धर्को फैसलाले यत्रो संसार एक निमेषमै ध्वस्त हुने रहेछ तर तर मलाई यही मन्जुर छ । 

निस्तब्ध रात । निद्रा लागेको छैन । नाबालक छोरो आनन्दले सुतिरहेछ । यिनै बाबुआमाको उन्मादमय प्रेमको पराकाष्ठाबाट उत्पन्न भएकाले जीवन यत्तिकै स्वर्णिम होला भने झैँ गरी सुखस्वप्नमा मस्त छ ऊ । उसलाई के थाहा उसको परिवारमा यति ठुलो दुर्घटना परिसकेको । 

यो बिजुली गएको कालो रातमा मैनबत्ती बालेँ र प्रश्नैप्रश्नको प्रश्न डायरीमा लेखेँ– 

मलाई छैन यो दुक्ख किन विच्छेद यो गरेँ ? 

छ दुक्ख सहयात्रामा यस्ताको कसरी परेँ ? 

मनमित कहाँ खोजूँ फिँजाई वेदनाहरू ?

कसका अघि फैलाऊँ स्नेह–तृष्णा व्यथाहरू ? 

किन किन मलाई नयाँ हाकिम असल लाग्छ । उनको बोली, रसिक मिजास, सार्वजनिक सभामा भाषण गर्ने कला आदि मन्त्रमुग्ध पार्ने खालको छ । मान्छे पीडित भएका वेला कसैले सानोभन्दा सानो सहानुभूति देखाए पनि त्यो ठुलो महìवको लाग्ने रहेछ । एक पटक यौटा कार्यव्रmम सकिएपछि उनले मलाई रोकेर भने, “आज मेरो कार्यालयमा पसी चिया खाएर जाऊँ न !” मैले हुन्न भन्न सकिनँ । 

आफू पढ्न सकिएन, कुनै ठुलो पद वा पैसा आर्जन गर्न सकिएन वा सुन्दर भइएन भने त्यो कुरा आफ्नो सन्तानबाट पूर्ति भइदिए हुन्थ्यो भन्ने सबै बाबुआमाको चाहना हुन्छ । कसैको राम्रो र समझदार जोडी देख्दा “मेरो पनि त्यस्तो श्रीमान वा श्रीमती भइदिए पो” भन्ने इच्छा जागृत हुन्छ । कसैका मिलेका बाबुछोरा वा सासूबुहारी देख्दा “वा ! त्यस्तो पो सम्बन्ध” भन्ने मनमा पलाउँछ अर्थात् आफ्नो परिवेशमा जुन कुराको खाँचो छ अरूको देखेर आफ्नोमा घटाउने आकाङ्क्षा व्यक्तिको मानस पटलमा बसेको हुन्छ । यो व्यक्तभन्दा पनि बढी अव्यक्त हुन्छ । जुनसुकै मात्रामा होस्, त्यो हुन्छ, हुन्छ । 

उनले बच्चालाई गर्ने प्रेम, अध्ययनमा विज्ञता र कहिलेकाहीँ उनको अफिस जाँदा आफ्ना स्टाफप्रति गर्ने व्यवहार पनि देखेकी छु । लोग्ने भनेको त यस्तो पो हुनु पर्छ भन्ने मनमा आइरहन्छ । मैले यो कुरा बुझेकी छु, उनी कदापि मेरो बन्न सक्दैनन् । किनकि उनी विवाहित हुन्, श्रीमतीसहित सन्तानका बाबु पनि । मलाई यो पनि थाहा छ, म गलत तानामा फँसिरहेछु । यसले झन् अर्को ठुलो दुर्घटना निम्त्याउन सक्छ । तर... अबुझ र एकोहोरो बन्दै गएको मेरो मनलाई रोक्न उनैकोे सहयोग चाहिएला । 

मलाई आफ्नो बसाइको स्थान मन परिराखेको छैन । यहाँ मेरो क्षतविक्षत जीवनमा नुनचुक दल्ने कुरौटे धेरै छन्, मेरा आफ्नै मान्छेहरू । जाउँ कतै ठाउँ छैन, आफ्नो जागिर यहीँ छ । मैले आत्महत्या गर्न सकिनँ किनकि छोरा साथमा छ । यो मेरो सहारा पनि हो र कमजोरी पनि । यो नभइदिएको भए मलाई कतै कसैसँग हिँड्न सजिलो त पथ्र्याे होला । तर कता हिँड़ूँ ? पहिलो त यस्तो प¥यो, दोस्रो ठिक पर्ला भन्ने के ग्यारन्टी ? 

म आफ्नै सानो बार्दलीमा बसेर पूर्णिमाको चन्द्रमा हेरिरहेछु । कति शान्त, स्निग्ध, अटल । भन्छन्, चन्द्रमामा ‘ट्रान्क्विलिटी’ हुन्छ अर्थात् चरम आनन्दको शान्ति । झ्यालबाट छिरेर मेरो बिछ्यौनामा फिँजारिएको छ चन्द्रमाको प्रकाश । यो किरण सुखद दाम्पत्यका लागि अत्युत्तम प्रेमोपहार हो । तर मलाई भने यस बिछ्यौनामा घृणा लम्पसार परेको अनुभव भइरहेछ । मेरा लागि यो पूर्णचन्द्र औँसीको रात सरह बनेको छ । मैले चन्द्रमासँग आफ्नो जीवन घटाउन मिल्ने कुनै तìव पाउँछु भने केवल चन्द्रमा भित्र रहेको दाग । 

धेरै वर्ष पहिले एउटा हिन्दी सिनेमा ‘नवरङ’ हेरेकी थिएँ । कविले प्रेमी–प्रेमिकाको सम्बन्धलाई लिएर लेखेको ‘आधा है चन्द्रमा’ गीतमा आधी रातमा देखिने अर्धचन्द्रको आकृति, प्रेमीसँग सधैँ आंशिक कुरा मात्र व्यक्त गर्न पाइने क्षणहरू र आसैआस तथा प्यासैप्यासमा बाँचेको प्रणय कथाको प्रसङ्ग त्यहाँ छ । उत्कृष्ट लयमा प्रस्तुत गरिएको यस गीतमा कृष्णको आधा मात्रै सुरसाधना र राधाको अपूरो प्रेमकहानी, अश्रुपूर्ण नयन, कामुक आधी रात र प्रेमीप्रेमिकाका कम्पित ओठका उदाहरण दिई अपूर्ण प्रेमलाई पनि पूर्णताको भाव दिएर अजर अमर बनाउन खोजिएको छ । आधामा नै प्रेमको रस्तीबस्ती बसाउने कविको कस्तो कल्पना !

उनको सरुवा भएछ । करिब डेढ वर्ष हामी सुखदुःखका साथी बन्यौँ । उनको कार्यालयले हिजो नै उनलाई बिदाइ भोज दिएको रहेछ । आज साँझ उनले मलाई खाना खान बोलाएका छन् । सानो छोरालाई फुपूकहाँ सुताएर म डराई डराई उनको निवास पुगेँ । अरू कोही पनि नदेख्दा मलाई एक प्रकारको असुरक्षा अनुभव त भइरहेको छ तर मलाई लाग्छ असुरक्षित पनि कोबाट को हुने, यो जटिल मुद्दा हो । श्रीमान् विदेश भएका कतिपय महिलाबाट यहाँ पुरुषहरू पनि असुरक्षित छन् । म पनि लोग्नेसँग बिछडिएकी अट्ठाइसबर्से युवती हुँ । मेरो सुरक्षा अरूले गरिदिनुपर्ने हो कि म स्वयं अरूलाई असुरक्षामा पार्ने नारी हुँ । यस्तै प्रश्नले मेरो दिमाग हुँडलिइरहेछ तर जे होस्, मनपरेको मान्छेसँग जानी जानी साँझ एक्लै बस्नुभनेको जीवनमा जे जस्तो परिआए पनि बेहोर्न तयार छु भन्ने पनि हो र आत्मसुरक्षा बोध पनि हो । 

उनीसँग आजको साँझ बस्दाको रमाइलो एकातिर छ भने भोलिदेखि नै उनलाई देख्न नपाउने कुरा सम्झेर म यसै मुर्झाएकी छु । मैले ‘प्रेमदिवानी’ राधाको तस्बिर होइन कि ‘दरसदिवानी’ अर्थात् दर्शन वा स्मृतिका लागि मरिहत्ते गर्ने मीराको फोटो उपहार लिई आएकी छु । आजै यतिबेला यो भान्सामा हँसिया आकारको चन्द्रमाको प्रकाश परेको छ । आज पञ्चमी तिथि हो क्यार ! चन्द्रमाको बनोट कति शिल्पयुक्त छ । एउटा गोलो घेरा त सजिलै बनाउन सकिन्छ, जसलाई पूर्णिमाका चन्द्रमा भन्न सहजै मिल्छ तर चन्द्रमा भन्नासाथै हाम्रो दिमागमा यस्तै खुर्पेचन्द्र (व्रिmस्सेन्ट) को याद आउँछ । कलाकारिताको अन्तिम एकाग्रताबाट मात्रै पञ्चमीका चन्द्रमा बन्दो रहेछ । भलै यो अपुरो होस्, सुन्दरता यसमा पो ज्यादा छ ।

उनका चम्किला, तेजिला र अनन्त भाव दिने खालका आँखाहरूसँग बेला बेला अनायासै मेरा आँखा जुध्ने गरिराख्या छन् तर हामी विवश छौँ, किंकर्तव्य विमूढ छौँ । हामी धेरै कम बोलेर पनि एकअर्कालाई अत्यधिक बुझ्ने पात्र बनेका छौँ । दुवै जनाको मिलीजुली स्वादबाट तयार भएको खाना हामीले लजाई लजाई खायौँ । उनका अर्धमुदित नयन र मेरा अर्धखिलित अधरहरूका अघि हाम्रा अन्तिम उपहारहरू साटासाट भए । आँखीभौँ जस्ता देखिने शुक्ल पक्षका चन्द्रमाले हामीलाई छड्के हेर्दै सन्देश दिइरहेका थिए, अर्को जुनी... । 

यो छिप्पिँदै जान लागेको रातमा अब कहिल्यै नभेट्ने गरी मलाई एक्लै मेरो निवास छोडी उनी अल्पिए । कोठामा पुगी उनले दिएको उपहार खोली हेरेँ । रहेछ एउटी नारीले चिउँडोमा हात राखी आकाशका चौथाइ चन्द्रलाई एकोहोरो हेर्दै गरेको स्टिलफ्रेममा राखिएको पेन्सिलस्केच्ड चित्र र मलाई ढाडस दिएर लेखिएको एक काव्यात्मक चिठी– 

तिम्रो विकल्पमा कोही जन्मने छैन विश्वमा तिमी प्रारम्भ वा अन्त्य आफैँ हौ यस लोकमा । 

मान्छे भविष्यमा बाँच्छ त्यो तिम्रो वशमा छ है 

खुम्चन्छ बरु त्यो ह्याङ्की बिग्रन्न आकृति कबै । 

तिम्रो सूर्य कतै चम्की रहेको छ अवश्य हो 

गोलो पृथ्वीमहाँ कैल्यै सूर्यास्त हुन्न सत्य हो ।। 

(विसं २०५७/५८ सालतिर अनुभूत एक मर्मस्पर्शी सत्य घटनामा आधारित)  

चुँदीरम्घा, तनहुँ

#मधुपर्क