• १३ पुस २०८१, शनिबार

मानसिक शान्तिको मार्ग

blog

समय अनुसार मानिसको चिन्तन मनन गर्ने प्रवृत्ति परिवर्तन हुँदै जान्छ । परिवर्तन प्रक्रियामा विकासपछि विनाश, विनाशपछि विकास भइराखेका हुन्छन् । माटो र बिउबाट बोटबिरुवा, बोटबिरुवाबाट अन्नको विकास भएझैँ । अन्नबाट प्राणीको प्राण, प्राणबाट मन र बुद्धि, मन र बुद्धिबाट ज्ञान र विज्ञान विकास भएको छ । ज्ञानबाट नित्यानन्द, अखण्डानन्द, पूर्णानन्द प्राप्त हुन्छ । विज्ञानबाट भौतिक संरचनाको विकास भएको छ । यसले आजको युग सुविधायुक्त भएको छ । 

अमेरिकाको बेन्जामिन फ्य्राङ्कलीनले आकाशमा बिजुली चम्केको देखेपछि बिजुलीको अविष्कार गरे । इटालीका वैज्ञनिक अलेसान्द्र भोल्टाको नामबाट विद्युत्मा प्रयोग हुने भोल्टेज राखियो । स्कटल्यान्डका वैज्ञानिक जेम्स वाटको नामबाट विद्युत्मा वाट राखिएको हो । विद्युत् र ब्याट्रीले ठुल्ठुला कारखानादेखि मोबाइलसम्म चल्छ । रातमा उज्यालो बनाउन मात्र नभई दिनमा अन्य प्रयोजनमा पनि विद्युत् प्रयोग हुन्छ । यो विकासको उपलब्धि हो । 

प्राकृतिक नियम कुनै पदार्थको उत्पत्ति भएपछि मात्र विकास हुन्छ । विकासपछि विनाश हुन्छ । यो प्राकृतिक प्रव्रिmया हो । जस्तै दाउरा बाल्दा आगो बलेको शक्तिले तेज उत्पन्न हुन्छ । त्यही तेजले जाडोमा न्यानो दिन्छ । त्यो आगोकोे क्षमता अनुसार प्रकाश उत्पन्न हुन्छ । दाउरामा भएको ओसिलोपन (शीतकण) उडेर बाफमा परिणत हुन्छ । दाउराभित्र कण हुन्छ । त्यो कण वायुमा मिल्छ । दाउरा विनाश भएर खरानीमा परिवर्तन हुन्छ । एउटै पदार्थ एक रूप बदलेर अर्को रूप हुन्छ । यसलाई एउटा विनाश भएर अर्को निर्माण भएको हो भन्न पनि सकिन्छ । परिवर्तनको प्रव्रिmया सृष्टिचक्रको प्राकृतिक नियम हो । दाउरा बाल्दा कुन प्रयोजनका लागि बालेको हो, त्यो प्रयोजन आपूर्ति हुनु त्यो विकास हो । दाउरा खरानी हुनु विनाश हो । पुरानो संरचना विनाश नभई नयाँँ संरचना हुन सक्दैन । त्यसैले विकाससँगै विनाश जोडिएको हुन्छ । 

उत्पत्ति, विकास, विनाश यी तीन किसिमको अवस्था प्राकृतिमा छन् । सन् १९४९ मा माओले ग्रेटलिप फरवार योजना सुरु गरेर कृषिमा आधुनिक प्रणालीबाट औजार र बिउ विकास गरे तर अन्न उब्जनी भएर पनि नोक्सान भयो । अनुसन्धानबाट किरा, मुसा, चराबाट नोक्सान भएको पत्ता लाग्यो । देशभरि चरा मार्ने अभियान चलाइयो तर बालीको क्षति हुन रोकिएन । यसले चार करोड पचास लाख मानिस भोकमरीले मरे । चरा मारेकाले किरा, फट्याङ्ग्रा वृद्धि भएर यस्तो भएको पत्ता लाग्यो । यो समस्या निराकरण गर्न रुसबाट दुई लाख पचास हजार चरा ल्याएर चीनमा छाडियो । त्यसको तीन वर्षपछि अन्नको क्षति हुन छाड्यो । यो सकारात्मक संरचनात्मक परिवर्तन हुनु हो । 

जति समय बढ्दै जान्छ, त्यति आयु घट्दै जाने भएकाले विकास साथमा आयु विनाश भएको मान्नु पर्छ । सांसारिक नियम सबै वस्तु नाशवान् भएकाले पृथ्वी पनि नाशवान् नै छ । सन् १९४७ मा डुम्स डे क्लकको विनाशसूचक घडीबारे बुलेटिन अफ साइन्टिसको समूहले बताएको थियो । उक्त घडीमा जब पृथ्वीमा अशान्ति हुन्छ, तब त्यो घडीको सुई मध्यरात १२ को नजिक पुग्छ । शान्ति भएको बेला घडीको सुई १२ बाट टाढा देखाउने गर्दछ । सन् १९४९ मा रुसले परमाणु बमको परीक्षण ग-यो, त्यो बेला १२ बज्न तीन मिनेट बाँकी थियो । सन १९५३ मा अमेरिकाले हाइट्रोजन बमको परीक्षण ग-यो, त्यो बेला १२ बज्न दुई मिनेट बाँकी थियो । सन् १९७२ मा रुस र अमेरिकाले शान्तिका लागि हस्ताक्षर गरे, त्यो बेला १२ बज्न १२ मिनेट बाँकी थियो । सन् १९९१ मा सोभियत सङ्घ विगठन भयो, त्यो बेला १२ बज्न १७ मिनेट बाँकी थियो । यो घडी हाल अमेरिकास्थित सिकागोको विश्वविद्यालयमा राखिएको छ । यो घडी जापानमा अमेरिकाले आणविक बम प्रहार गरेपछि पृथ्वीमा कति सङ्कट नजिकिँदै छ भनी हेर्नलाई बनाएको भनिन्छ । वैज्ञानिकले वस्तु उत्पादन गरे, त्यसले मानिसलाई हरेक काममा सहज भएको छ । 

वैज्ञानिक युगमा यन्त्रको विकास भए पनि संयन्त्रको व्यापकताले विनाश भइराखेको छ । विकसित देशले आणविक हतियार बनाउने होडबाजी गर्दा संसारका धेरै मानिसले आपूmलाई असुरक्षित महसुस गरिराखेका छन् । यसैले प्रायः मानिसमा डर भरिएको छ । मनमा अशान्ति छाइराखेको छ । यो सबै नकारात्मक भावनाको विकासले मानिसमा शङ्का उपशङ्का बढेको हो । एक देश अर्को देशसँग डराएकाले जैविक हतियार बनाउन तल्लीन भएको हो । यो लगानी दीनदुःखीलाई सहयोग गरेको भए पृथ्वीमा कोही मानिस दुःखी हुन पर्दैनथ्यो । 

हामीले सकारात्मक सोच राख्ने हो भने पृथ्वी हाम्रो घर हो । सबै मानव हाम्रो परिवार हो । कसैले पनि कुनै क्षेप्यास्त्र बनाउन पर्दैन होला । नकरात्मक भावनाको विकासले चिन्ता र डर उत्पन्न हुन्छ, यसले मानिस दुःखी हुनु परेको छ । दुःख मान्दा दुःखले नै सताइरहन्छ । त्यसैले यस्तो अवस्थामा हामीले ईश्वरलाई सम्झी प्रार्थना गर्दा ईश्वरसँग मन जोडिन पुग्छ । ईश्वरसँग मन जोड्नाले शक्तिको ऊर्जा बढ्न थाल्छ । चेतना जगेर्ना हुन्छ । चेतनाले दुःख लोप हुन्छ । मनभित्रको सूक्ष्मताले सपना देखाउँछ । त्यही अनुसार परिणाम निस्कन्छ । त्यसैले मनभित्रको सूक्ष्मतामा सकरात्मक सोच राख्नु पर्छ । 

विश्वमा जति मानिसले उन्नति गरे उनीहरूमा पनि त्यही शक्ति थियो, जुन हामीमा छ । उनीहरूले यस्तो शक्ति रचनात्मक तरिकाले प्रयोग गरे । अनि प्रगति भयो । जब हामी नकारात्मक दृश्यावलोकनलाई सकारात्मक दृश्यावलोकनमा बदल्छौँ, तब हाम्रो जीवन स्वाभाविक रूपमा परिवर्तन हुन्छ । बुद्धले भन्नुभएको छ, ‘जिन्दगीमा यति धेरै चुनौती आउँछ, त्यो कुनै समस्या नै होइन । नकारात्मक दृश्यावलोकनले मनमा गणना गरी कथा बनाउँछ । अनावश्यक भविष्यवाणी लिएर तनाव लिन्छौँ । त्यो नै दुःखको कारण बन्न जान्छ ।’ परिवारका सदस्य घर आउन ढिला भयो भने अनैकौँ कुरा कल्पना गर्छौं । मायाले डर उत्पन्न गराई नकारात्मक सोचाइले अन्तरमनलाई दुःखी बनाउँछ । अनि मस्तिष्कको कोष तìवले शरीरभरि नकारात्मक सेल छरिदिन्छ । यसले शरीरको ऊर्जा घटाइदिन्छ । 

हरेक मानिसले जीवनमा कुनै न कुनै बेला पीडादायक अप्रिय घटना भोगेको हुन्छ । कसैले गाली ग¥यो, बेइजत ग¥यो अर्थात् काममा असफल भइयो भने दुःखी हुनु वा निराश हुनु स्वाभाविकै हो । उक्त घटनालाई हामीले मस्तिष्कमा जम्मा गरेर बारम्बार निकालेर चिन्ता लिने गर्छौं । उक्त घटनालाई लिएर काल्पनिक योजना बनाउँछौँ, जुन काल्पनिक मस्तिष्कले मनमा लैजान्छ । त्यसैले नकारात्मक भावनाले शरीरभरिको कोष तìवलाई दुषित पारेर निष्व्रिmय बनाइदिन्छ । जे नहुनु पथ्र्यो, त्यस्तै दुर्घटना भयो भने अश्चर्य भई नैराश्यता हुन्छ । यसलाई नकारात्मकबाट सकरात्मक दृश्यावलोकनामा उन्मुख गर्न सकिन्छ । नकारात्मक दृश्यावलोकनबाट छुटकारा दिलाएर सकारात्मक दृश्यावलोकनमा परिणत गर्नु नै सचेतना हो । जीवनको सुन्दरतालाई जब हामीले महसुस गरेर अनुभूति गदर्छौं तब हाम्रो मस्तिष्कको महान शक्ति स्वतः परिवर्तन हुन्छ । जीवनमा आइपर्ने कठिनाइ हलुका हुन जान्छ । हामी त्यो समस्याबाट स्वतः बाहिर आउँछौँ । सकारात्मक दृश्यावलोकन प्रवेश गर्छ । हाम्रो मस्तिष्कले कोषलाई ऊर्जा दिएर शक्ति सिर्जना गर्छ । 

उर्वर ठाउँमा बिउ लगाइएन भने अनावश्यक झारपात मात्रै बढ्छ । बिउ लगाएर खेती ग¥यो भने राम्रो अन्न उत्पादन हुन्छ । त्यस्तै सकारात्मक भावना मस्तिकमा राखेन भने नकारात्मक भावना मस्तिकमा स्वतः प्रवेश हुन थाल्छ । मस्तिष्कमा सकारात्मक विचार जम्मा ग-यो भने नकारात्मक भावना स्वतः नष्ट हुन्छ । मस्तिष्कले एक पटकमा एउटा मात्र काम गर्न सक्ने भएकाले सकारात्मक भावना भएको बेला नकारात्मक भावना बस्दैन । नकारात्मक भावना भएको बेला सकारात्मक भावना बसेको हुँदैन । 

आज भौतिक संरचना धेरै विकास भए पनि मानिसले मानसिक शान्ति पाउन सकेको छैन । मानिसले सुखसयल र देखावटीलाई बढी प्राथमिकता दिएको छ । यो प्रव्रिmया पूरा गर्न मानिसले नकारात्मक भावना जन्माउँछ । नकारात्मक व्यक्ति स्वार्थी हुन्छ । आफूलाई फाइदा भएपछि नकारात्मकबाट पनि ऊ खुसी हुन्छ । 

समाजमा धेरै मानिस नकारात्मक भावनाले ग्रसित छन् । सकारात्मक भावनाले चिन्तन मनन गर्ने मानिससँग पनि केही प्रतिशत नकरात्मक भावना हुन्छन् । शत्प्रतिशत सकारात्मक भावना ऋषिमुनि भएर तप गर्नेसँग मात्र हुन सक्छ । त्यसैले सुन्दर समाजको निर्माण गर्न जनमानसलाई चेतना जागृत गराएर विनाशलाई विकासतिर उन्मुख गर्न आवश्यक छ ।