• १३ भदौ २०८१, बिहिबार

कर्णाली पुलबाट नदीमा हाम फालेर महिला बेपत्ता

blog

सांकेतिक तस्बिर

अविनाश चौधरी

धनगढी, भदौ १३ गते। कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली पुलबाट आज कर्णाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसोतिर नाम, थर र वतन नखुलेको महिलाले पुलबाट नदीमा हाम फालेकी हुन्। 

अन्दाजी करिब ४४/४५ वर्षकी महिलाले नदीमा हाम फालेको खबर पुलमै ड्युटीमा खटेको प्रहरी सहायक हवल्दार लोकराज भण्डारीले गरेपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक राम डाँगीको नेतृत्वमा खटेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ।  

बेपत्ता महिलाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो।