• १६ भदौ २०८१, आइतबार

१६ किलो चरेससहित एकजना पक्राउ

blog

चरेशसहित पक्राउ परेकी महिला।

अविनाश चौधरी

धनगढी, भदौ ९ गते। कैलाली प्रहरीले १६ किलो १८० ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ। 

प्रहरीले गोदावरी नगरपालिका-२ तेघरी खानेपानी टोलस्थित घरबाट बझाङको बुङ्गल नगरपालिका-२ की ४५ वर्षीया मंगलीदेवी धामीलाई पक्राउ गरेको हो। उनको घरबाट प्रहरीले तराजुसमेत बरामद गरेको छ। 

लागुऔषध चरेसको ओसारपसार तथा कारोबार हुने गरेको गोप्य सूचना पाएपछि धामीको घरमा खानतलासी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो।

रित पूर्वक खानतलासीको पुर्जी दिएर उनको घरमा खानतलासी गरेको प्रहरीले जनाएको छ। खानतलासीको क्रममा कोठाभित्र बोरामा लुकाइएको अवस्थाबाट चरेस बरामद गरेको प्रवक्ता बोहराले बताउनुभयो।