• १६ भदौ २०८१, आइतबार

चिनी खरिदका लागि व्यापारिक फर्म छनोट

blog

काठमाडौँ, भदौ ३ गते । सरकारले १९ हजार मेट्रिक टन चिनी भारतबाट खरिद गर्नका लागि सात वटा निजी व्यापारिक फर्म छनोट गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भारत चिनी खरिदका लागि आवेदन दिएका ७३ वटा व्यापारिक फर्ममध्ये सात वटा छनोट गरिएको हो । 

चिनी खरिदका लागि छनोट भएका सात वटा क्रमशः मयुरी टे«डलिङ्क भक्तपुर, दुई हजार आठ सय मेट्रिक टन र  प्रगाम टे«डर्स विराटनगर, श्री शिवाय इन्टरनेसलन विराटनगर, विशाल टे«डलिङ्क काठमाडौँ, प्रणाम इन्टरनेसलन विराटनगर, भिजन इन्टरप्राइजेज, शिवशङ्कर टे«डकन्सर्न काठमाडौँले दुई हजार सात सय मेट्रिक टनका दरले खरिद गर्ने छ । चिनी खरिदका लागि छनोट भएका व्यापारिक फर्मले बढीमा दुई हजार आठ सय मेट्रिक टन र थोरैमा दुई हजार सात मेट्रिक टनसम्म खरिद गर्न सक्ने गरी व्यापारिक फर्म छनोट भएका छन् । चिनी खरिदका लागि छनोट भएका प्रतिष्ठानले निर्णय भएको चिनी खरिद गरिसक्नुपर्ने छ ।  

विभागले १९ हजार मेट्रिक टन चिनी खरिदका खरिद गर्न चाहने व्यापारिक फर्मसँग साउन २३ गते सूचना आह्वान गरेको थियो । सो सूचना अनुसार ७३ वटा व्यापारिक फर्मले निवेदन दिएकोमा विभागले तोकेको मापदण्ड पूरा गरेका सात वटा फर्मलाई छनोट गरेको जनाएको छ । विभागका महानिर्देशक राजन पौडेलले चिनी खरिदका लागि विभागमा परेका निवेदनको छनोट भइसकेको र यही सातादेखि खरिदको प्रक्रिया सुरु गर्ने जानकारी दिनुभयो । 

छनोट भएका व्यापारिक कम्पनीमार्फत चिनी खरिद भएपछि आमउपभोक्तालाई सहज हुने गरी बजारमा पठाइने पनि उहाँले जानकारी दिनुभयो । महानिर्देशक पौडेलका अनुसार गएको कात्तिक महिनामा नै भारत सरकारबाट नेपाललाई २५ हजार मेट्रिकटन चिनी उपलब्ध गराउने विषयमा सहमति भएको थियो । जसमा छ हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरसनले खरिद गर्ने भनिएको थियो । 

बजारमा चिनी महँगो भएको भन्ने हल्ला आइरहेको बेलामा यो परिणामको चिनी खरिद भए पनि मूल्य घट्ने अपेक्षा धेरैको रहेको छ । यस परिणामको चिनी नेपाल आएपछि चिनीमा कुनै समस्या नहुने विभागका महानिर्देशक पौडेलको दाबी छ ।  चिनी आयातको कोटा प्राप्त गरको मितिमा साल्ट टे«डिङ कर्पोरेसनले निर्धारण गरेको चिनीको मूल्यमा उपभोक्ताले पाउने गरी चिनीको बिक्री आपूर्तिको प्रबन्ध मिलाउने विभागले जनाएको छ । 

विभागका अनुसार आयात गरिएको चिनीको भण्डारण, मौज्दात, बिक्रीको अवस्थाका विषयमा साप्ताहिक रूपले विभागमा जानकारी गराउने, कोटा प्राप्त गरेका फर्मले मापदण्डबमोजिम गुणस्तरको चिनी मात्र आयात गर्नुपर्ने, विभागबाट चिनी आयातको कोटा प्राप्त गरेको मितिले सात दिनभित्र एनसिइएलसँग गरेको सम्झौतापत्र वा प्रतीतपत्र जारी भएको पत्र विभागमा पेस गर्नुपर्ने, उक्त अवधिभित्र सम्झौतापत्र वा प्रतीतपत्र जारी भएको पेस नगरे अनुमतिपत्र स्तवः खारेज हुने छ ।