• २ भदौ २०८१, आइतबार

राष्ट्रिय सभामा टिआरसी विधेयक पेस

blog

सङ्घीय संसद भवन बानेश्वरमा आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सहभागी सदस्यहरु । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, भदौ २ गते । राष्ट्रिय सभामा “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’’ पेस भएको छ ।

आइतबार बसको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गर्नुभएको हो ।

मन्त्री चौरसियाले “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्व सभासमक्ष प्रस्तुत गर्नुभयो । यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ । अहिले विधेयकमाथि सांसदहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।