• १ भदौ २०८१, शनिबार

प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत पिन्जको शिष्टाचार भेट

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुँदै नेपालका लागि जर्मनीका राजदूत डा. थोमस पिन्ज। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, साउन ३२ गते। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस पिन्जले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीच ६६ वर्षदेखि हुँदै आएको कूटनीतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। 

जर्मनी नेपालको एक पुरानो विकास र व्यापारको साझेदार मुलुक भएकाले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएको भन्दै प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो। 

भेटका अवसरमा प्रधानमन्त्रीको निजी सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो।