• १६ भदौ २०८१, आइतबार

राष्ट्र बैङ्कद्वारा ५२ पदमा दरखास्त आह्वान

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ३२ गते । नेपाल राष्ट्र बैकले सहायक निर्देशकसहित विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । आज गोरखापत्रमार्फत गरिएको सार्वजनिक सूचनाअनुसार राष्ट्र बैङ्कले सहायक र सहायक सूचना प्रविधि पदका लागि आवेदन आह्वान गरेको हो । 

बैङ्कले जारी गरेको सूचनामा सहायक निर्देशक ३४ जना, सहायक १३ जना र सहायक सूचना प्रविधि ५ जनामा आवेदन आह्वान गरिएको सूचनामा जनाइएको छ । योग्य नेपाली नागरिकले भदौ २० सम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म आवेदन भर्न आव्हान गरेको छ ।