• १६ भदौ २०८१, आइतबार

जयपृथ्वी राजमार्ग अवरुद्ध

blog

फाइल तस्बिर

बैतडी, साउन २७ गते । लगातारको वर्षापछि पहिरो खस्दा खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सिगास गाउँपालिका-९ ढोल्यामोडमा पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधन बाटोमै थन्किएका छन् । सयौँ यात्रुबिच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । “वर्षा रोकिएको छैन, पहिरो पन्छाउन सकस भइरहेको छ”, उहाँले भन्नुभयो । रासस