काठमाडौँ, साउन २७ गते । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गर्नुभएको छ ।
दुईदिने नेपाल भ्रमणको क्रममा आइतबार बिहान काठमाडौँ आइपुग्नुभएका उहाँले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गर्नुभएको हो ।
भवन भारत सरकारको सहयोगमा निर्माण गरिएको हो । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणमा काठमाडौं आउनुभएका मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेट गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव भएपछि मिश्रीको यो पहिलो नेपाल भ्रमण हो ।
आइतबार साँझ परराष्ट्रसचिव लम्सालले समकक्षी मिस्रीलाई रात्रिभोज दिने कार्यक्रम छ । सोमबार बिहान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरी सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।